पर्यटकीय राजधानी पोखरामा फोहोरको पहाड (तस्बिरहरू)
पोखरा । देशकै प्रमुख पर्यटकीय गन्तव्य तथा पर्यटकीय राजधानी पोखरा एक सातादेखि फोहोर नउठ्दा कुरूप बन्न थालेको छ । महानगरपालिकाले फोहोर मैला व्यवस्थापनमा देखिएको समस्या सुल्झाउन नसक्दा मुख्य सडक र चोकहरूमा फोहोरको थुप्रो लागेको हो ।
_EVmYIUIj48.jpg)
लामो समयसम्म फोहोर नउठ्दा सडक किनारमा थुप्रिएका फोहोरबाट दुर्गन्ध फैलिन थालेको छ । यसले नगरवासीलाई सास्ती त दिएको छ नै, पोखरा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकमाझ पनि सहरको छवि बिग्रिँदै गएको छ । सहरका गल्ली र व्यापारिक क्षेत्रहरूमा जम्मा भएको फोहोरले सहरको सुन्दरतालाई समेत गम्भीर असर पुर्याएको छ ।
_hRMUYJggFn.jpg)
पोखरा महानगरपालिकाको सहरी विकास, पर्यटन तथा वातावरण महाशाखाले एक सूचना जारी गर्दै तत्काल फोहोर उठाउन नसकिने संकेत गरेको छ । महानगरले नगरवासीलाई कुहिने र नकुहिने फोहोर घरमै छुट्टाउन आग्रह गरेको छ । साथै, कुहिने फोहोरलाई घरमै मल बनाउने वा अन्य वैकल्पिक उपाय अपनाउन र नकुहिने फोहोरलाई तत्काल घरमै सुरक्षित राख्न भनिएको छ ।
_aUxFMOdRRU.jpg)
सडकमा फोहोर नफाल्न अनुरोध गर्दै महानगरले व्यवस्थापनको प्रयास भइरहेको दाबी गरेको छ । तर, सडकमा थुप्रिएको फोहोरका कारण महामारी फैलिन सक्ने भन्दै स्थानीयले भने महानगरको ढिलासुस्तीप्रति आक्रोश व्यक्त गरेका छन् ।
_UVutKvFxhF.jpg)
_IOhRxdcxsh.jpg)
_nEjUxpmlNU.jpg)
_AwiIHM1OYT.jpg)
_YaPV4WECUg.jpg)
_8OPs8duk2Y.jpg)
_2cmprKXpjj.jpg)
_wNXiHD62Cc.jpg)
_eDVbhIjw3y.jpg)
_geXbZfALke.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण