तीन मन्त्रीको राजीनामापछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई नै तोके जिम्मेवारी
सारांश
- मौजुदा मन्त्रिपरिषद्का तीन मन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्रीले मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन्।
- शिक्षा, विज्ञान तथा प्रविधि, सञ्चार तथा सूचना प्रविधि र युवा तथा खेलकुद मन्त्रीले राजीनामा दिएका थिए।
- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रीहरूको कार्यभार प्रधानमन्त्रीलाई तोकेका हुन्।
काठमाडौँ । मौजुदा मन्त्रिपरिषद्का तीन मन्त्रीले राजीनामा दिएपछि उनीहरूले सम्हाल्दै आएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले नै सम्हाल्ने गरी तोकिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल तथा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले प्रधानमन्त्री समक्ष राजीनामा दिएका थिए ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ती मन्त्रीहरूले सम्हाल्दै आएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
संविधान बमोजिम गरिएको उक्त निर्णय मंगलबारदेखि लागू भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रधानमन्त्रीको सिफारिसमा गरिएको उक्त निर्णयसँगै हाल शिक्षा, विज्ञान तथा प्रविधि, सञ्चार तथा सूचना प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै मातहतमा रहने राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण