शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

झापा–५ मा बालेनले गरे उम्मेदवारी दर्ता

मङ्गलबार, ०६ माघ २०८२, १२ : ४६
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन साहले झापा-५ बाट उम्मेदवारी दर्ता गराएका छन्।
  • बालेनको प्रस्तावकमा भेषराज भट्टराई र समर्थकमा भूमिनन्द बराल रहेका छन्।
  • झापा-५ मा बालेन र केपी शर्मा ओलीबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा–५ बाट उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । 

सयौँ समर्थका साथमा निर्वाचन कार्यालय झापा पुगेका बालेनले मंगलबार अपराह्न उम्मेदवारी दर्ता गरेका हुन् । उनको प्रस्तावकमा भेषराज भट्टराई र समर्थकमा भूमिनन्द बराल रहेका छन् । 

झापा–५ मा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीबाट रञ्जित तामाङ पनि उम्मेदवारी दर्ता गर्दैछन् । झापा–५ मा बालेन र केपी शर्मा ओलीबिच प्रतिस्पर्धा हुने भएपनि त्यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ । 

बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्ट गरेको छ भने एमालेले ओलीलाई अघि सारेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप