सहिद तथा बेपत्ता परिवारको आशीर्वाद लिएर उम्मेदवारी दर्ता गर्दै नेकपाका तामाङ
सारांश
- रञ्जित तामाङले फागुन २१ गते हुने निर्वाचनका लागि झापा ५ मा उम्मेदवारी दर्ता गर्दैछन्।
- उनले उम्मेदवारी दर्ता गर्नुअघि सहिद रमेश सुवेदीका परिवार र बेपत्ता तारा रिजालकी आमाको आशीर्वाद लिए।
- तामाङले सहिद गेटमा श्रद्धाञ्जली अर्पण गरेर उम्मेदवारी दर्ताका लागि तयारी गरेका छन्।
दमक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि झापा क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले सहिद तथा बेपत्ता परिवारको आशीर्वाद लिएर उम्मेदवारी दर्ता गर्दैछन्।
झापाको कमल गाउँपालिकाका बासिन्दा तामाङले उम्मेदवारी दर्ता अघि माओवादी जनयुद्धको क्रममा सहिद भएका कमलकै बासिन्दा रमेश सुवेदीका बुवाआमा र बेपत्ता योद्धा तारा रिजालकी आमाको आशीर्वाद लिएका छन् । सुवेदीको कमल स्थिति घर र रिजालको गौराद स्थित घरमै पुगेर उनले आशीर्वाद लिएका थिए।
त्यस क्रममा सहिद तथा बेपत्ता योद्धाका परिवारले आफ्ना सन्तानको सपना पूरा गर्न अगाडि बढ्नु भन्ने शुभकामना दिएर टिका लगाइदिएका थिए। तामाङले सहिद तथा बेपत्ता परिवारको आशीर्वाद लिएपछि शहिद गेटमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै उम्मेदवारी दर्ताको लागि गएका छन्।
झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग तामाङले प्रतिस्पर्धा गर्दैछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण