काठमाडौँसहित देशभर छुट्टाछुट्टै दुर्घटना : पाँच जनाको मृत्यु
सारांश
- देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
- काठमाडौंको खुसीबु चोकमा स्कुटर ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ, भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- सिराहा, गुल्मी र मोरङमा भएका दुर्घटनामा अन्य व्यक्तिको मृत्यु भएको छ, र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौँ, सिराहा, गुल्मी र मोरङमा भएका यी दुर्घटनामा परी ज्यान गुमाउनेमा अधिकांश युवा रहेका छन् ।
काठमाडौँ महानगरपालिका–१६ खुसीबु चोकमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा २४ वर्षीय जय नारायण बिच्छाको मृत्यु भएको छ । महोत्तरी घर भएका बिच्छाको टिचिङ अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
उता, सिराहा नगरपालिका–१९ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा ३० वर्षीय सिकिन्द्र यादवको मृत्यु भएको छ । ठक्कर दिने बसका चालक भने हाल फरार रहेकाले प्रहरीले खोजी कार्य तीव्र पारेको छ ।
गुल्मीको चन्द्रकोट गाउँपालिकामा टिपर अनियन्त्रित भई दुर्घटना हुँदा १८ वर्षीय सहचालक विजय खड्काको ज्यान गएको छ । जिल्ला अस्पताल तम्घासमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
यसैगरी, मोरङको बुढीगंगा गाउँपालिकामा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक ३१ वर्षीय प्रकाश साह र सवार ४० वर्षीया कञ्चन झाको मृत्यु भएको छ । बिराट टिचिङ अस्पतालमा उपचारका क्रममा उनीहरूको निधन भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यी सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण