बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पर्साका चारै वटा निर्वाचन क्षेत्रमा १०९ जनाको उम्मेदवारी

मङ्गलबार, ०६ माघ २०८२, २० : ३५
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • पर्सामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता उत्साहजनक रूपमा सम्पन्न भयो।
  • जिल्लाका चार क्षेत्रका लागि एक सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्, जसमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरू छन्।
  • क्षेत्र नम्बर १ मा ३०, क्षेत्र नम्बर २ मा ३२, क्षेत्र नम्बर ३ मा २३ र क्षेत्र नम्बर ४ मा २४ जनाले उम्मेदवारी दिएका छन्।

वीरगञ्ज । फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनका लागि पर्सामा उल्लासपूर्ण रूपमा उम्मेदवारी दर्ता भएको छ । जिल्लाका चार क्षेत्रका लागि प्रतिनिधि सभाको निर्वाचनमा भाग लिन एक सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । 

चार सिटका लागि १०९ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय पर्साका प्रवक्ता यादवप्रसाद जोशीले जानकारी दिए । 

क्षेत्र नम्बर १ मा ३०, क्षेत्र नम्बर २ मा ३२, क्षेत्र नम्बर ३ मा २३ र क्षेत्र नम्बर ४ मा २४ जनाको उम्मेदवारी परेको हो । मुख्य दलहरूसँगै स्वतन्त्र उम्मेदवारी पनि चार वटै क्षेत्रमा परेको निवाचन कार्यालयले जनाएको छ । 

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, रास्वपा, जसपा नेपाल, जनमत, श्रम संस्कृति, राप्रपा, उज्यालो नेपालसहित दल र स्वतन्त्रबाट उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ । 

क्षेत्र नम्बर १ मा ३० जनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा मुख्य दलहरूबाट कांग्रेसबाट अनिलकुमार रुँगटा, एमालेबाट प्रदीप यादव, जसपा नेपालबाट रामनरेश यादव, रास्वपाबाट हरिपन्त, जनमतबाट ओमप्रकाश सर्राफ, नेकपाबाट अजय चौरसियासहित स्वतन्त्र उम्मेदवारी परेको छ । 

यसैगरी क्षेत्र नम्बर २ मा मुख्य दलसहित ३२ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभाका लागि कांग्रेसबाट पूर्वमन्त्री अजयकुमार चौरसिया, एमालेबाट रिमा यादव, जसपा नेपालबाट अशोक टेमानी, रास्वपाबाट सुशिल साह कानु, जनमतबाट श्याम गुप्ता, नेकपाबाट मनोज चौधरीसहितको उम्मेदवारी परेको छ । 

जिल्लाको क्षेत्र नम्बर–३ मा उल्लेखनीय रूपमा मनोनयन दर्ता भएको छ । यहाँ पनि मुख्य दलसहित २३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयका अधिकृत बुद्धिलाल श्रेष्ठले बताए । 

मुख्य दलहरू कांग्रेसबाट सुरेन्द्रप्रसाद चौधरी, एमालेबाट रुपेश पाण्डे, जसपा नेपालबाट कमोद निराला, नेकपाबाट छोटेलाल यादव, रास्वपाबाट रामाकान्त चौरसिया, जनमतबाट माल्ती कुशवाहासहितको उम्मेदवारी परेको छ । 

यसैगरी क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा निर्वाचनका लागि धेरैको संख्यामा मनोनयन दर्ता भएको छ । मुख्य दलसहित स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले बताएको छ । 

कांग्रेसबाट पूर्वमन्त्री रमेश रिजाल, एमालेबाट जालिम मियाँ अन्सारी, रास्वपाबाट टेकबहादुर शाक्य, जसपा नेपालबाट कृपासिन्धु चौधरी, जनमतबाट सिमादेवी कलवारसहित उम्मेदवारी परेको निर्वाचन अधिकृत नुतन झा बताउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप