मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, निर्वाचनमा ढुक्कसँग सहभागी हुनुस् : प्रधानमन्त्री
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि उत्साहजनक मनोनयन भएकोमा खुसी व्यक्त गरिन्।
- उनले निर्वाचनलाई लोकतन्त्रको महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा चित्रण गर्दै सुरक्षामा सम्झौता नगर्ने बताइन्।
- प्रधानमन्त्रीले निर्वाचन आयोगलाई धन्यवाद दिँदै सबैलाई रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरिन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उत्साहजनक रूपमा मनोनयन दर्ता भएकोमा खुसी व्यक्त गर्दै मुलुकबाट अब अन्योल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भएको बताएकी छन् ।
मंगलबार उम्मेदवारी मनोनयन प्रक्रिया सम्पन्न भएपछि एक विशेष सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले यस कार्यलाई लोकतन्त्रको अर्को महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा चित्रण गरेकी हुन् ।
प्रधानमन्त्रीले निर्धारित समयतालिकाभित्र मनोनयन दर्ता गराउने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा हार्दिक आभार प्रकट गरिन् ।
प्रतिनिधि सभाका १६५ पदका लागि ३ हजार ४ सयभन्दा बढी उम्मेदवारहरूले मनोनयन दर्ता गराउनुले लोकतान्त्रिक प्रणालीप्रति नेपाली जनताको प्रगाढ विश्वास रहेको पुष्टि भएको उनको भनाइ छ ।
प्रधानमन्त्री कार्कीले यो राष्ट्रिय उत्साहले नेपाली जनता लोकतन्त्रलाई सुदृढ बनाउन सचेत र सक्षम छन् भन्ने तथ्यलाई पुनः प्रमाणित गरेको उल्लेख गरेकी छन् ।
निर्वाचनको सुरक्षा व्यवस्थाबारे स्पष्ट पार्दै प्रधानमन्त्रीले सरकारले सुरक्षामा कुनै पनि किसिमको सम्झौता नगर्ने दृढता व्यक्त गरेकी छन् ।
उनले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागेको बताउँदै सबै सुरक्षा संयन्त्रहरू उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित रहेको जानकारी दिइन् ।
निर्वाचन प्रक्रियामा देखिएको यो अभूतपूर्व उत्साहले राजनीतिक वृत्तमा मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको प्रधानमन्त्री कार्कीले बताइन् ।
सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको बताउँदै उनले अब मुलुक विकास र स्थायित्वको बाटोमा अघि बढ्ने विश्वास दिलाइन् ।
निर्वाचन कार्यतालिकाअनुसार अहोरात्र खटिएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोमा प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगलाई नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेकी छन् ।
साथै, उनले यो ऐतिहासिक लोकतान्त्रिक अभ्यासलाई सफल पार्न राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमलाई रचनात्मक भूमिका निर्वाह गर्न आग्रह समेत गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार : निगमका कर्मचारीको ओभरटाइम भत्ता काटियो, सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण