बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुर्खेत–१ मा १३ जनाको उम्मेदवारी : पूर्णबहादुरको विरासत जोगाउने दाउमा भाइ मैदानमा, अरू दलबाट को ?

मङ्गलबार, ०६ माघ २०८२, २१ : २४
मङ्गलबार, ०६ माघ २०८२

‎सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर १ मा विभिन्न राजनीतिक दलका १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

‎मंगलबार मेहेलकुनास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गराएका हुन् । 

‎निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसका तर्फबाट विष्णुकुमार खड्काले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा (एमाले) बाट ध्रुव कुमार शाही चुनावी मैदानमा उत्रिएका छन् ।

‎‎त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट जीतबहादुर राना, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टेक बहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रविकिरण हमाल र उज्यालो नेपाल पार्टीका तर्फबाट ठम्बर बहादुर विष्टले मनोनयन पत्र बुझाएका छन् ।

‎अन्य साना अन्य दलले पनि उम्मेदवारी दर्ता  गराएका छन् ।

‎‎यो क्षेत्र नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काको बलियो पकड भएको क्षेत्र हो । विगत तीन दशकदेखि यही क्षेत्रबाट निरन्तर चुनाव लड्दै आएका खड्काले यस पटक भने चुनाव नलड्ने घोषणा गरेका छन् । उनको अनुपस्थितिमा कांग्रेसले उनका भाइ विष्णुकुमार खड्कालाई चुनावी मैदानमा उतारेको छ ।‎

‎लामो समयपछि पूर्णबहादुरबिना हुन लागेको यस क्षेत्रको निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ । 

‎‎एकातिर कांग्रेस आफ्नो विरासत जोगाउने कसरतमा छ भने अर्कोतिर एमाले, नेकपा र उदाउँदै गरेका नयाँ शक्तिहरू यो गढमा आफूलाई बलियो गरी उपस्थित गराउने ध्याउन्नमा छन् । ‎

‎उम्मेदवारी दर्ता गराएकामध्ये एमालेका शाही बाहेक ‎अधिकांश नयाँ अनुहार छन् । शाही ०७९ मा कांग्रेस पूर्णबहादुर खड्कासँग पराजित हुन् भने ०७४ मा शाहीले खड्कालाई हराएका थिए ।‎

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप