बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुम्लामा १० जनाको उम्मेदवारी

मङ्गलबार, ०६ माघ २०८२, २१ : ४४
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • जुम्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १० जनाले उम्मेदवारी दिएका छन्।
  • निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा, रास्वपा र राप्रपा लगायतका दलका प्रतिनिधिले मनोनयन दर्ता गराए।
  • स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलसहित विभिन्न दलका उम्मेदवारले मनोनयन दर्ता गरेसँगै चुनावी चहलपहल बढेको छ।

जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा १० जनाले उम्मेदवारी दिएका छन्। एकमात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक स्वतन्त्र र नौवटा दलका प्रतिनिधिले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले जानकारी दिए। निर्वाचन कार्यालयका अनुसार राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूको मनोनयनसँगै जिल्लामा चुनावी चहलपहल ह्वात्तै बढेको छ।

उम्मेदवारी दर्ता गराउनेहरूमा नेकपा (एमाले) बाट शान्तिलाल महत, नेपाली कांग्रेसबाट दीपबहादुर शाही र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट नरेश भण्डारी रहेका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विनिता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ज्ञानबहादुर शाहीले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट बिर्खबहादुर रावत, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट मनऋषि धिताल, नेपाल जनता पार्टीबाट रनिल विक्रम शाही र नेकपा (माओवादी) बाट बिर्खबहादुर शाही चुनावी मैदानमा उत्रिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भक्तबहादुर रावलले भने स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप