‘धुरन्धर २’ को शीर्षक पक्का : सेन्सरबाट पायो ‘ए’ सर्टिफिकेट
सारांश
- फिल्म 'धुरन्धर' को सिक्वेल 'धुरन्धरः द रिभेन्ज' को टिजर जनवरी २३ मा रिलिज हुने भएको छ।
- टिजरलाई सेन्सर बोर्डले 'ए' सर्टिफिकेट दिएको छ, जसमा हिंसात्मक दृश्यहरू समावेश छन्।
- फिल्म मार्च १९ मा रिलिज हुनेछ र कन्नड सुपरस्टार यशको फिल्म 'टक्सिक' सँग बक्स अफिसमा भिड्नेछ।
मुम्बई । बक्स अफिसमा धमाका मच्चाएको फिल्म ‘धुरन्धर’ को सिक्वेलको पर्खाइमा रहेका फ्यानहरूका लागि खुसीको खबर छ। फिल्मको दोस्रो भागको शीर्षक ‘धुरन्धरः द रिभेन्ज’ निश्चित भएको छ।
फिल्मको टिजर हालै सेन्सर बोर्डमा पठाइएको छ, जसलाई बोर्डले वयस्कहरूका लागि मात्र उपयुक्त अर्थात् ‘ए’ सर्टिफिकेट दिएर पास गरेको हो। करिब एक मिनेट लामो यो टिजरमा अघिल्लो भागमा जस्तै हिंसात्मक र एक्सनले भरिएका दृश्यहरू रहेका कारण सेन्सरले ‘ए’ सर्टिफिकेट दिएको हो।
रोचक कुरा के छ भने, पहिलो भागले पनि ‘ए’ सर्टिफिकेट पाएरै इतिहासकै सबैभन्दा बढी कमाइ गर्ने एडल्ट फिल्मको रेकर्ड बनाएको थियो। यो फिल्मको टिजर आगामी जनवरी २३ मा प्रदर्शन हुने सनी देओलको फिल्म ‘बोर्डर २’ सँगै हलहरूमा देखाइनेछ। त्यसको केही समयपछि मात्र टिजरलाई डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिने तयारी छ।
रणवीर सिंह स्टारर ‘धुरन्धरः द रिभेन्ज’ आगामी मार्च १९ मा विश्वभर प्रदर्शन हुँदैछ। सोही दिन कन्नड सुपरस्टार यशको प्रतिक्षित फिल्म ‘टक्सिक’ पनि रिलिज हुने भएकाले बक्स अफिसमा ठुलो भिडन्त हुने निश्चित छ। ‘टक्सिक’ को टिजर पनि हालै सार्वजनिक भएको थियो, जसले केही बोल्ड सिनका कारण विवादसँगै चर्चा पनि बटुलेको छ।
स्मरण रहोस्, ‘धुरन्धर’ को पहिलो भागले भारतमा मात्र ८७९.७५ करोड भारतीय रुपैयाँ र विश्वभर १३२८.२३ करोड रुपैयाँ सङ्कलन गरेर सनसनी मच्चाएको थियो। अहिले पनि केही सिनेमा हलमा पहिलो भाग प्रदर्शन भइरहेकै बेला दोस्रो भागको तयारीले फिल्म क्षेत्रमा नयाँ उत्साह थपेको छ।
यो फिल्म आमिर खानको ‘दंगल’ पछि विश्वभर सबैभन्दा बढी कमाउने दोस्रो भारतीय फिल्मको सूचीमा समेत पर्न सफल भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण