बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रसुवा भन्सारबाट दुई सातामा डेढ अर्बको वस्तु आयात

बुधबार, ०७ माघ २०८२, १६ : ४८
बुधबार, ०७ माघ २०८२

सारांश

  • रसुवा भन्सारबाट २ अर्ब बढीको वस्तु आयात भएको छ।
  • दुई हप्तामा १ अर्ब ५६ करोडको आयात र ६ करोडको निर्यात भएको छ।
  • बाढीले क्षति पुर्याएपछि बन्द रहेको नाका पुस १७ गतेदेखि सञ्चालनमा आएको हो।

काठमाडौँ । रसुवा भन्सारबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ  । साे नाकाबाट ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । 

त्यस्तै, साे नाकाबाट दुई सातामा मात्र (पुस १७ गतेदेखि ३० गतेसम्म) मात्र १ अर्ब ५६ करोड १ लाख ६१ हजार बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

गत असार २४ गते चीन तर्फबाट आएको बाढीले रसुवागढी नाकामा ठुलो क्षति गरेपछि त्यसयता आयात ठप्प थियो । गत जनवरी १ अर्थात् पुस १७ गतेदेखि यो नाका सञ्चालनमा आएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप