बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ प्रशासनद्वारा हतियार बुझाउन अनुरोध

बुधबार, ०७ माघ २०८२, २२ : ३७
बुधबार, ०७ माघ २०८२

सारांश

  • काठमाडौँ प्रशासनले निर्वाचनलाई ध्यानमा राख्दै हातहतियार बुझाउन अनुरोध गरेको छ।
  • सहायक प्रजिअ खिमराज भुसालले माघ २० गतेभित्र हातहतियार बुझाउन जानकारी गराएकी छिन्।
  • निर्वाचनपछि हतियार फिर्ता गरिने र नबुझाए कानुनअनुसार कारबाही हुने सूचनामा उल्लेख छ।

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गरी व्यक्तिगत रूपमा राखिएका इजाजत पत्र प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ ।

काठमाडौँका सहायक प्रजिअ खिमराज भुसालले नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाइमा लगत रहने गरी यही माघ २० गतेभित्र हातहतियार बुझाउन सम्बन्धित सबैमा जानकारीका लागि सूचना प्रकाशन गरिएको बताए ।

साथै, निर्वाचन सम्पन्न भएको एक महिनापश्चात् उक्त हातहतियार लगत कट्टा गरी फिर्ता गरिने पनि काठमाडौँ प्रशासनले जनाएको छ । “यस सूचनाबमोजिम हातहतियार नबुझाएको पाइए कानुनबमोजिम कारबाही हुने ब्यहोरा जानकारीका लागि अनुरोध छ”, जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैबिच गृह मन्त्रालयले देशभरकै प्रशासन कार्यालयहरूलाई यस्ता हतियार सङ्कलनका लागि निर्देशन दिइसकेको छ । मन्त्रालयले शान्ति सुरक्षाका विषयमा गम्भीर हुन र आवश्यक एकीकृत सुरक्षा रणनीतिका साथ काम गर्नै पनि निर्देशन दिइएको छ । सोही आधारमा प्रशासन कार्यालयहरूले हतियार बुझाउन सार्वजनिक सूचना जारी गरिरहेका छन् ।

dao ktm (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप