नेपाली सेनाकाे फोटो प्रदर्शनी सम्पन्न
सारांश
- नेपाली सेनाको फोटो प्रदर्शनी माघ ७ गते सकियो, जसले नागरिकलाई सेनाका गतिविधिबारे जानकारी दियो।
- प्रदर्शनीमा सैनिक पोशाक, हवाई सेवा, र अन्य विविध पक्षहरू प्रदर्शन गरिएका थिए।
- अवलोकनकर्ताहरूले सेनाको विकास र जिम्मेवारीबारे जानकारी पाए।
काठमाडौँ । नेपाली सेनाका विविध गतिविधिबारे नागरिकलाई जानकारी गराउने उद्देश्यले आयोजित फोटो तथा बृहत् प्रदर्शनी २०८२ बुधबार सम्पन्न भएको छ । प्रदर्शनीको समापनका अवसरमा सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले प्रदर्शनीमा सहभागी युनिटलाई प्रशंसा पत्र प्रदान गरे ।
सेना दिवसका अवसरमा यही माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गीअड्डा परिसरमा भएको प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्याण्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिकाबारे जानकारी गराइएको थियो ।
प्रदर्शनीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालयहरू, राष्ट्रिय सेवा दललगायत गतिविधि समेटिएका ३० वटा कक्ष राखिएको थियो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रदर्शनीको अवलोकन गर्न आमनागरिक र विद्यार्थी उल्लेखनीय रूपमा पुगेका थिए । प्रदर्शनीबाट अवलोकनकर्तालाई नेपाली सेनाको विकासक्रम र जिम्मेवारीबारे जानकारी प्राप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण