अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ ऐतिहासिक न्युन बिन्दुमा
नयाँ दिल्ली । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ ९१.७३ को ऐतिहासिक न्युन बिन्दुमा झरेको छ । डलरको निरन्तर माग र विश्वव्यापी बजारको शतर्कताका कारण प्रारम्भिक कारोबारमै ७६ पैसाले अवमूल्यन हुँदै रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको हो ।
यसअघि सन् २०२५ डिसेम्बर १६ मा रुपैयाँ ९१.१४ को रेकर्ड न्युन बिन्दुमा पुगेको थियो भने यो महिना मात्र स्थानीय मुद्राको मूल्य १.५० प्रतिशतले घटिसकेको छ । विदेशी मुद्रा व्यापारीहरूकाअनुसार अमेरिकाको विस्तारवादी नीति र बढ्दो भू–राजनीतिक अनिश्चितताले लगानीकर्ताहरूमा जोखिम छल्ने प्रवृत्ति बढाउँदा उदीयमान बजारका मुद्राहरू दबाबमा परेका हुन् ।
यसबाहेक विदेशी पूँजीको पलायनका कारण घरेलु शेयर बजारमा आएको सुस्तीले लगानीकर्ताको मनोबललाई थप कमजोर बनाएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण