राजनीति
राष्ट्रियसभा निर्वाचनमा राप्रपा सहभागी नहुने
शुक्रबार, ०९ माघ २०८२, ११ : ४३
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने भएको छ।
- राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टीको सम्पूर्ण शक्ति प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित गर्ने बताए।
- राप्रपाका २८ प्रदेश सांसद र स्थानीय तहका केही प्रमुख तथा उपप्रमुखहरू छन्।
काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नहुने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टीको सम्पूर्ण शक्ति प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित भएकाले राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने जानकारी दिए ।
‘राप्रपा माघ ११ को राष्ट्रियसभा निर्वाचनमा सहभागी हुँदैन’, प्रवक्ता श्रेष्ठले भने, ‘यो निर्वाचनमा हाम्रा उम्मेदवार पनि छैनन् र प्रतिनिधि सभामा हाम्रो सम्पूर्ण ध्यान भएकाले राष्ट्रियसभामा नअल्मलिने निष्कर्षमा पुगेका हौँ ।’
राष्ट्रियसभाका मतदाता प्रदेश सभा र स्थानीय तह प्रमुख उपप्रमुख हुन्छन् । राप्रपाका २८ प्रदेश सांसद छन् भने स्थानीय केही प्रमुख तथा उपप्रमुख पनि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण