बाँकेमा चार जनाले लिए उम्मेदवारी फिर्ता
सारांश
- बाँकेमा चार जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
- क्षेत्र नम्बर १ र २ मा मनोनयन दर्ता गराएका दुई/दुई जनाले उम्मेदवारी फिर्ता लिए।
- उम्मेदवारी फिर्ता लिनेमा प्रदीप पौडेल, दीपकबहादुर शाही, सरस्वती प्रसाद बर्मा र विजयकुमार गुप्ता रहेका छन्।
नेपालगञ्ज । बाँकेमा चार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। बाँके क्षेत्र नम्बर १ र २ मा मनोनयन पत्र दर्ता गराएका दुई/दुई जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
क्षेत्र नम्बर १ मनोनयन दर्ता गराएका प्रदीप पौडेल र दीपकबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार उम्मेदवार स्वयंले उम्मेदवारी फिर्ता लिन चाहेको निवेदन पेस गरेका छन् ।
दुवै जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए । अब क्षेत्र नम्बर १ मा १४ जनाको उम्मेदवारी कायम भएको छ । यस्तै क्षेत्र नम्बर २ मनोनयन दर्ता गराएका सरस्वती प्रसाद बर्मा र विजयकुमार गुप्ताले उम्मेदवारी फिर्ता लिएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी फिर्ता लिएको निवेदन पेस गर्दै उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन् । बर्माले जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका थिए भने गुप्ताले नेपाली जनता दलबाट उम्मेदवारी दिएका थिए ।
बर्माले सङ्गठनभित्रको सल्लाह, सुझावअनुसार आफूले उम्मेदवारी फिर्ता लिएको बताए । बर्माले पूर्व मन्त्री मोहम्मद इस्तियाक राईलाई सहयोग गर्न उम्मेदवारी फिर्ता लिएका हुन् ।
यस्तै अधिवक्तासमेत रहेका गुप्ताले पनि निवेदन पेस गर्दै उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले जानकारी दिए।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा २५ को उपदफा (४) बमोजिम निजहरूको नाम उम्मेदवारको सूचीबाट हटाइएको अधिकृत दाहालले बताए। यससँगै क्षेत्र नम्बर २ मा २० जनाको उम्मेदवारी कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण