राजनीति
एमाले ओखलढुङ्गाका अध्यक्षसहित ३८ जनाले छाडे पार्टी
शुक्रबार, ०९ माघ २०८२, १५ : ४८
सारांश
- नेकपा एमाले ओखलढुङ्गाका ३८ जना नेता कार्यकर्ताले पार्टी छाडेका छन्।
- उनीहरूले पार्टी छाडेर नेकपामा प्रवेश गरेका छन्, जसमा अध्यक्ष र अन्य पदाधिकारीहरू छन्।
- एमालेले अस्मिता थापालाई उम्मेदवार बनाएपछि उनीहरू असन्तुष्ट बनेका थिए।
काठमाडाैँ । नेकपा एमाले ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता कार्यकर्ताले पार्टी छाडेका छन् ।
अध्यक्ष जीवी खड्कासहित जिल्ला कमिटीका नेताहरूले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर पार्टी छाडेको घोषणा गरेका हुन् ।
साथै एमाले छाडेकाहरू शुक्रबार नै नेपाली कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गरेका छन् । उनीहरूलाई संयाेजकम पुषपकमल दाहाल प्रचण्ड र सहसंयाेजक माधव नेपालले स्वागत गरेका छन् ।
ओखलढुङ्गाबाट एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचनमा अस्मिता थापालाई उम्मेदवार बनाएपछि उनीहरू रुष्ट बनेका थिए ।
यसअघि उम्मेदवारी मनोनयनका दिन अम्बिरबाबु गुरुङले पनि एमाले छाडेर नेकपाबाट उम्मेदवार बनेका थिए ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण