शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मोरङमा ६ जनाको उम्मेदवारी फिर्ता

शुक्रबार, ०९ माघ २०८२, २२ : ४५
शुक्रबार, ०९ माघ २०८२

मोरङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका मोरङका ६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराएकामध्ये दुई राजनीतिक दलका उम्मेदवार र चार जना स्वतन्त्र उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसरी उम्मेदवारी फिर्ता लिनेमा मोरङ क्षेत्र नं १ मा जसपा नेपालका दुर्गाप्रसाद दर्लामी र क्षेत्र नं.६ मा नेमकिपाका तिलकराम राजवंशी छन् । स्वतन्त्र उम्मेदवारी दिएका क्षेत्र नं. ३ का सुरेश लिम्बू, कञ्चन न्यौपाने, दलबहादुर थापा र क्षेत्र नंं ६ का राम खत्रीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ दफा २५ उपदफा ४ बमोजिम उम्मेदवारी फिर्ता लिएका उम्मेदवारहरूको सूचीबाट नाम हटाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि मोरङ क्षेत्र नं. ४ का उज्यालो नेपालका विनोद परियार र क्षेत्र नं. ६ का जसपाका महमद जाविरको उम्मेदवारी रद्द गरिएको थियो ।

माघ ६ गते मोरङका ६ वटा निर्वाचन क्षेत्रमा ११८ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ता र रद्द गरी आठ जनाको सूचीबाट हटाइएको छ । मोरङ जिल्लामा रहेका ६ निर्वाचन क्षेत्रमा अब ११० जना उम्मेदवारले चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप