'महिन्द्रा केयरफेस्ट : सर्भिस उत्कृष्ट, गाडी चिटिक्क' सुरु, आकर्षक छुटका साथै बम्परमा इलेक्ट्रिक स्कुटर
काठमाडौँ । अग्नि ग्रुपअन्तर्गत रहेको नेपालको लागि महिन्द्राको आधिकारिक सर्भिस सेन्टर बालाजु अटो वर्क्स प्रालिले महिन्द्राका सवारीधनीहरूका लागि हरेक वर्ष गरिने विशेष सर्भिस क्याम्प ‘महिन्द्रा केयरफेस्ट २०८२ : सर्भिस उत्कृष्ट, गाडी चिटिक्क’ सुरु गरेको छ ।
महिन्द्रा केयरफेस्ट यही माघ ९ गतेदेखि १४ गतेसम्म (तदनुसार २३ देखि २८ जनवरी २०२६ सम्म) सञ्चालन हुनेछ भने शनिबार पनि सर्भिसिङ प्रदान गरिनेछ । यस क्याम्पको उद्देश्य ग्राहकहरूलाई महिन्द्राको विश्वसनीय र आधिकारिक सर्भिसिङ आकर्षक छुट तथा थप लाभसहित उपलब्ध गराउनु हो ।
काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा अवस्थित सुविधा सम्पन्न बालाजु अटो वर्क्स सर्भिस सेन्टरमा शुक्रवार विशेष समारोहका साथै उद्घाटन गरिएको केयरफेस्ट देशैभरका ५३ भन्दा बढी शाखा, डिलर तथा वर्कसपहरूमा सञ्चालन भइरहेछ । उद्घाटन समारोहमा अग्नि ग्रुपका उपाध्यक्ष वेदा सताशा श्रेष्ठ, अग्नि ग्रुपका रिसर्च एन्ड बिजनेस डेभलपमेन्ट हेड वेदान्त श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राको नेपाल, भारत र बङ्गलादेशको लागि कन्ट्री हेड, चैतन्य कागलकार, ग्राहकवर्ग, सञ्चारकर्मी लगायतको भव्य उपस्थिति र सहभागिता रहेको थियो ।
महिन्द्रा केयरफेस्टमा महिन्द्राद्वारा प्रमाणित दक्ष प्राविधिकहरूद्वारा जेन्युन स्पेयर पार्ट्स र अत्याधुनिक डायग्नोस्टिक उपकरण प्रयोग गरी महिन्द्राको सवारीसाधनको सर्भिसिङ प्रदान गरिनेछ । केयरफेस्टको दौरान महिन्द्रा गाडी लिई सर्भिसिङ गर्न आउँदा, ग्राहकहरूले निःशुल्क ४५–पोइन्ट चेकअप, निःशुल्क जनरल लेबर चार्ज, निःशुल्क कम्प्युटराइज्ड डायग्नोसिस, कम्प्युटराइज्ड ह्विल अलाइनमेन्टमा ५० प्रतिशत छुट, जेन्युन एक्सेसरिजहरूमा ५० प्रतिशत सम्म छुट, एसी चार्जिङमा २० प्रतिशत छुट, जेन्युन स्पेयर पार्ट्स र ल्युब्रिकेन्ट्समा १० प्रतिशत छुट आदि सुविधा प्राप्त गर्नेछन् ।
हरेक सर्भिसिङमा आकर्षक उपहार, ग्राहकको निम्ति निःशुल्क स्वास्थ्य जाँच, १० प्रतिशत एक्सटेन्डेड डिस्काउन्ट कुपन, क्यासलेस इन्स्योरेन्स सेवा आदिको लाभ समेत लिन सक्नेछन् । यी सुविधाहरूले ग्राहकको सर्भिस अनुभवलाई अझ सहज तथा लाभदायी बनाउनेछ । केयरफेस्टको उत्साहजनक पक्षको रूपमा, एक जना भाग्यशाली विजेताले लक्की ड्रमार्फत बम्परमा ‘बिगस सि–१२ इलेक्ट्रिक स्कुटर’ जित्ने अवसर पनि रहेको छ ।

बालाजु अटो वर्क्स, ‘केयरफेस्ट २०८२’ जस्ता सर्भिस क्याम्पहरूमार्फत नेपाली ग्राहकसँगको सम्बन्धलाई अझ बढी बलियो र फलदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्दछ । बालाजु अटो वर्क्स, नेपाली ग्राहकहरूलाई वर्षौँदेखि अन्तर्राष्ट्रिय ब्रान्ड अनुभवको साथ महिन्द्राको आधिकारिक तथा उत्कृष्ट सर्भिस प्रदान गर्दै आइरहेको छ । बालाजु अटो वर्क्स, समस्त महिन्द्रा सवारी धनी तथा चालकहरूलाई महिन्द्रा केयरफेस्टमा सहभागी भई सीमित छुटहरूको लाभ लिन, र उत्कृष्ट सर्भिस गराई गाडी चिटिक्क बनाउन आह्वान गरेको छ ।
बालाजु अटो वर्क्स प्राइभेट लिमिटेड, अग्नि ग्रुपको सहायक कम्पनी तथा नेपालको लागि महिन्द्राको आधिकारिक सर्भिस केन्द्र हो । यस कम्पनीले देशभर रहेका ५३ भन्दा बढी शाखा तथा डिलरहरूमार्फत महिन्द्राका सवारीसाधनहरूका लागि गुणस्तरीय सर्भिसिङ, जेन्युन स्पेयर पार्ट्स, ल्युब्रिकेन्ट्स तथा एक्सेसरिज उपलब्ध गराउँदै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण