तारादेवी साङ्गीतिक साँझ सम्पन्न
सारांश
- शुक्रबार काठमाडौंमा अमर गायिका तारादेवीको स्मृतिमा श्रद्धाञ्जली सभा र सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो।
- कार्यक्रममा तारादेवीका गीतहरू प्रस्तुत गरियो र उनको योगदानको स्मरण गरियो, जसले दर्शकलाई भावुक बनायो।
- वरिष्ठ कलाकार र संगीतकर्मीहरूले तारादेवीको योगदानको प्रशंसा गरे, र विभिन्न स्रष्टाहरूलाई सम्मान प्रदान गरियो।
काठमाडौँ । नेपाली सङ्गीत क्षेत्रकी अमर गायिका तारादेवीको स्मृतिमा श्रद्धा, सम्मान र साङ्गीतिक प्रस्तुतिसहित विशेष कार्यक्रम सम्पन्न भएको छ । तारादेवी स्मृति फाउन्डेसनको आयोजनामा तथा काठमाडौँ महानगरपालिकाको सह-आयोजनामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शुक्रबार साँझ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न भएको हो ।
समारोहको सुरुवात अमर गायिका तारादेवीको तस्बिरमा माल्यार्पण गर्दै गरिएको थियो । त्यस अवसरमा उनका कालजयी गीत, नेपाली सङ्गीतमा पुर्याएको योगदान तथा व्यक्तित्वमाथि चर्चा गरिएको थियो । त्यसपछि प्रस्तुत गरिएका विविध सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रममार्फत तारादेवीको कला र सृजनालाई स्मरण गरिएको थियो ।
तारादेवीका सदाबहार गीतहरूले दर्शक तथा श्रोताहरूलाई भावनात्मक बनाएको थियो भने नयाँ पुस्ताले पनि उनको सङ्गीतको गहिरो प्रभाव अनुभूति गर्ने अवसर पाएका थिए ।
समारोहमा वरिष्ठ कलाकार किरण खरेल, सङ्गीतकार दीपक जङ्गम तथा सङ्गीतकर्मी एवम् काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य विशेष अतिथिका रूपमा सहभागी रहेका थिए । अतिथिहरूले तारादेवी नेपाली सङ्गीतको इतिहासमा कहिल्यै नमेटिने नाम भएको उल्लेख गर्दै उनको योगदान सधैँ स्मरणीय रहने धारणा व्यक्त गरे ।
समारोहकै अवसरमा नेपाली गीत–सङ्गीतको विकासमा उल्लेखनीय योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुने व्यक्तित्वहरूमा गीतकार माधवप्रसाद खनाल, सङ्गीतकार शिवशंकर मानन्धर तथा चर्चित गायिका सङ्गीता राना प्रधान रहेका थिए ।
आयोजक संस्था तारादेवी स्मृति फाउन्डेसनका अध्यक्ष दीपक केसीले तारादेवी नेपाली सङ्गीतकी प्रेरणादायी हस्ती भएको उल्लेख गर्दै उनका गीत, स्वर र योगदान सदैव स्मरणीय रहने बताए ।
यस्ता कार्यक्रमहरूले पुराना स्रष्टाको योगदानलाई उजागर गर्नुका साथै नयाँ पुस्तालाई नेपाली गीत–सङ्गीतप्रति आकर्षित र प्रेरित गर्ने विश्वाससमेत उनले व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण