बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मधेसमा राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

शनिबार, १० माघ २०८२, २० : १७
शनिबार, १० माघ २०८२

जनकपुरधाम । भोलि आइतबार राष्ट्रिय सभाका लागि मधेस प्रदेशमा रिक्त रहेका चार स्थानका लागि निर्वाचन हुँदै छ ।

महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा मतदान केन्द्र रहेको छ । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाइएको छ । मतदानका लागि सुरक्षा व्यवस्था पनि चुस्त पारिएको छ । 

निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार निर्वाचनको सबै तयारी पूरा भएको छ । महिला, दलित, अपाङ्गता तथा अल्पसंख्यक समुदाय र अन्य समूह गरी चार सिटमा निर्वाचन हुन लागेको उनले जनाएका छन् । यी सिटका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसपा नेपालले आफ्ना तीन उम्मेदवारको उम्मेदवारी निस्क्रिय बनाए पनि मतपत्रमा उनीहरूको नाम भने रहनेछ । 

नेपाली कम्युनिस्ट पार्टीले चार वटै समूहमा उम्मेदवारी दिएको छ । जसपा नेपालले तीन, नेपाली कांग्रेसले दुई, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक–एक सिटमा उम्मेदवारी दिएका छन् ।

महिला समूहमा जसपा नेपालकी चन्द्रकला देवी शाह, नेकपा एमालेकी रेखाकुमारी झा र नेकपाकी समीकुमारी अग्रवाल उम्मेदवार छन् । दलित समूहमा जसपा नेपालकी सम्मेली देवीदास, कांग्रेसका धर्मेन्द्र पासमान र नेकपाका शम्भु पासवान हजारी उम्मेदवार छन् ।

यस्तै अपाङ्गता तथा अल्पसंख्यक समुदाय समूहमा नेकपाका रामनन्दन प्रसाद, कांग्रेसका रञ्जित कर्ण र जसपा नेपालका शैलेश कुमार चौधरी उम्मेदवार छन् । अन्य समूहमा लोसपाका महन्थ ठाकुर र नेकपाका लक्ष्मण पौडेल उम्मेदवार छन् । 

मधेस प्रदेशमा प्रदेश सभा सदस्य र २६४ स्थानीय तहका जनप्रतिनिधि गरी ३६४ मतदाता छन् । मधेश प्रदेशमा जनमत पार्टीले उम्मेदवार दिएको छैन । अहिलेसम्म कुनै पनि गठबन्धनमा सहभागी नभएको जनमत पार्टीले कसलाई मतदान गर्छ भन्ने विषय खुलेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप