देशको राजनीतिक अवस्था सङ्लो अवस्थामा छैन: अध्यक्ष बिजुक्छेँ
आइतबार, ११ माघ २०८२, ०० : २१
सारांश
- नारायणमान बिजुक्छेँले देशको राजनीतिक अवस्था अझै राम्रो नभएको बताए ।
- उनले राजनीतिक दलहरू भताभुङ्ग अवस्थामा रहेको र फुटिरहेको कुरा व्यक्त गरे ।
- बिजुक्छेँले नेमकिपाले देश र जनताको हितमा काम गरिरहेको बताए ।
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँले अझै पनि देशको राजनीतिक अवस्था सङ्लो अवस्थामा नरहेको बताएका छन् ।
नेमकिपाको ५२औँ स्थापना दिवसका अवसरमा शनिबार यहाँ आयोजना गरेको विचारगोष्ठी एवं पुस्तक सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष बिजुक्छेँले देशको राजनीतिक अवस्था सङ्लो नहुँदा देश समस्यामा पर्ने बताए ।
“यतिखेर हरेक राजनीतिक पार्टीहरू भताभुङ्ग अवस्थामा छन् । पार्टीहरू फुटिरहेका छन्”, अध्यक्ष बिजुक्छेँले भने ।
अध्यक्ष बिजुक्छेँले देश र जनताको हितमा राखेर राजनीतिक दलहरू अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले नेमकिपाले यो बाटोलाई कहिल्यै नछाडेको र नेमकिपाले नयाँ ढङ्गले राजनीतिलाई अगाडि बढाइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण