‘बोर्डर २’ को धमाका : दुई दिनमै कमायो ६६ करोड
सारांश
- फिल्म 'बोर्डर २' ले बक्स अफिसमा आक्रामक सुरुवात गर्दै नयाँ रेकर्ड बनाउन थालेको छ।
- फिल्मले रिलिजको दुई दिनमै ६६.७० करोड भारु कमाइ गरेको छ, जसले 'धुरन्धर' को रेकर्ड तोडेको छ।
- 'बोर्डर २' ले पहिलो दिन ३० करोड भारु कमाउँदै 'पद्मावत' को कीर्तिमान पनि तोडेको छ।
मुम्बई । प्रतीक्षित फिल्म ‘बोर्डर २’ गत शुक्रबार (२३ जनवरी २०२६) बाट सार्वजनिक प्रदर्शनमा आएको छ । रिलिज अघि नै निकै चर्चामा रहन सफल उक्त फिल्मले बक्स अफिसमा आक्रामक सुरुवात गर्दै नयाँ रेकर्डहरू बनाउन सुरु गरेको छ ।
फिल्मले पहिलो दिन मात्र होइन, दोस्रो दिन पनि सन् २०२५ को ब्लकबस्टर फिल्म ‘धुरन्धर’ को रेकर्ड तोडेको छ । फिल्मले बक्स अफिसमा दोस्रो दिन ३६.७० करोड रुपैयाँ (भारु) कलेक्सन गरेको छ ।
साे फिल्मले पहिलो दिन ३० करोड रुपैयाँ (भारु) कमाएको थियो । यसरी दुई दिनमा फिल्मको कुल कलेक्सन ६६.७० करोड रुपैयाँ पुगेको छ ।
यो फिल्मले २०२५ को सबैभन्दा बढी कमाउने फिल्म ‘धुरन्धर’ को रेकर्ड दुवै दिन तोडेको छ । ‘धुरन्धर’ ले पहिलो दिन २८ करोड र दोस्रो दिन ३२ करोड रुपैयाँ कमाएको थियो ।
मिडिया रिपोर्टका अनुसार ‘बोर्डर २’ को कुल बजेट २७५ करोड रुपैयाँ रहेको छ । बलिउडमा विभिन्न समयमा युद्धमा आधारित (वार ड्रामा) फिल्महरू बन्ने गरेका छन् ।
यस विधालाई तीन श्रेणीमा विभाजन गर्न सकिन्छ । सैनिक पृष्ठभूमिमा आधारित, बायोपिक वार ड्रामा र ऐतिहासिक वार ड्रामा ।
सबै श्रेणीका वार ड्रामाहरू मध्ये अहिलेसम्म पहिलो दिन सबैभन्दा बढी कमाउने रेकर्ड ‘पद्मावत’ को नाममा थियो । जसले २४ करोड रुपैयाँ कमाएको थियो । तर, ‘बोर्डर २’ ले पहिलो दिन ३० करोड कमाउँदै ‘पद्मावत’ को कीर्तिमान पनि भङ्ग गरिदिएको छ ।
‘बोर्डर २’ सन् १९९७ मा रिलिज फिल्म ‘बोर्डर’ को सिक्वेल हो । सन् १९९७ मा ‘बोर्डर’ ले पहिलो दिन १.१० करोड र दोस्रो दिन ९० लाख रुपैयाँ कमाएको थियो ।
उक्त फिल्मको लाइफ टाइम कलेक्सन ३९.३० करोड रुपैयाँ थियो । ‘बोर्डर २’ ले भने मात्र दुई दिनमा पुरानो फिल्मको कुल कलेक्सनभन्दा डेढ गुणा बढी कमाइ गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण