कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार
सारांश
- कास्कीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा २६ देखि ७० वर्ष उमेर समूहका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
- निर्वाचनमा कास्की क्षेत्र नं २ बाट २६ वर्षीय निर्दोषविक्रम पौडेल र क्षेत्र नं ३ बाट ७० वर्षीय गोपाल गिरीले उम्मेदवारी दिएका छन्।
- तीन निर्वाचन क्षेत्रमा ४९ जनाले उम्मेदवारी दर्ता गराएका छन् जसमा १८ राजनीतिक दल र ६ स्वतन्त्र उम्मेदवार छन्।
कास्की । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।
निर्वाचनमा अधिकृतको कार्यालयको तथ्याङ्कअनुसार उम्मेदवारी दर्ता गरेकामध्ये कास्कीको क्षेत्र नं २ बाट सबैभन्दा कम उमेरका २६ वर्षीय निर्दोषविक्रम पौडेलको उम्मेदवारी परेको छ भने कास्की क्षेत्र नं ३ बाट सबैभन्दा बढी उमेरका ७० वर्षीय गोपाल गिरीको उम्मेदवारी परेको छ ।
कास्की क्षेत्र नं १ मा कूल १७ जना उम्मेदवारमध्ये सबैभन्दा कम ३८ वर्षदेखि ६७ वर्ष उमेरसम्मका व्यक्ति चुनावमा प्रतिस्पर्धा गर्दैछन् । यस क्षेत्रमा ११ जना ५० वर्ष मुनिमा उम्मेदवार रहेका छन् । क्षेत्र नं २ मा कूल १७ जना उम्मेदवारमध्ये २६ वर्षदेखि ६५ वर्ष उमेर समूहकाले प्रतिस्पर्धा गर्दैछन् । यस क्षेत्रमा १२ जना उम्मेदवार ५० वर्षभन्दा कम उमेरका छन् ।
त्यस्तै, क्षेत्र नं ३ मा कूल १५ जना उम्मेदवारमध्ये ३६ वर्षदेखि ७० वर्षसम्मका व्यक्तिहरू प्रतिस्पर्धामा उत्रिएका छन् । यस क्षेत्रमा ६ जना उम्मेदवार मात्रै ५० वर्ष तलका छन् । नवयुवादेखि ७० वर्षसम्मको उमेर समूहसम्मका उम्मेदवारबिच हुन लागेको प्रतिस्पर्धालाई अत्यन्त महत्वका साथ हेरिएको छ ।
तीन निर्वाचन क्षेत्रमा कूल ४९ जनाले उम्मेदवारी दर्ता गराएकामा १८ राजनीतिक दलसहित छ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कूल ४९ उम्मेदवारमध्ये पाँच जना महिलाको मात्रै उम्मेदवारी परेको छ । अन्य सबै पुरुष छन् । जिल्लामा यसपटक अधिकांश उम्मेदवार नयाँ छन् ।
कास्कीमा आसन्न निर्वाचनमा कूल तीन लाख आठ हजार ५७२ जना मतदाता रहेका निर्वाचनमा अधिकृतको कार्यालयले जनाएको छ । यसअघि २०७९ को निर्वाचनमा दुई लाख ९१ हजार ५६८ जना मतदाता रहेकामा यसपटक १७ हजार चार जना नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण