राष्ट्रियसभा निर्वाचन : ३० सांसदले गरेनन् मतदान
सारांश
- राष्ट्रिय सभा सदस्य निर्वाचनमा सात प्रदेशका ३० जना सांसद मतदानमा सहभागी भएनन्।
- निर्वाचन आयोगका अनुसार, कोशी प्रदेशमा ८७, मधेशमा ९९, बागमतीमा ८९ सांसदले मतदान गरे।
- गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि केही सांसद मतदानमा सहभागी भएनन्।
काठमाडौँ । आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदाता रहेका सात प्रदेशका ३० जना सांसद मतदानमा सहभागी नभएको पाइएको छ । यद्यपि निर्वाचन आयोगले ९५.६८ प्रतिशत मत खसेको जनाएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश सांसद र स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता रहने गरेका छन् । निर्वाचन आयोगका अनुसार आइतबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशका ९२ प्रदेशसभा सदस्यमध्ये ८७ सदस्य मात्र मतदानमा सहभागी भएका छन् ।
त्यस्तै, मधेस प्रदेशका एक सय सदस्यमध्ये ९९ सदस्य मतदानमा सहभागी भएका छन् । सबैभन्दा धेरै बागमती प्रदेशका प्रदेश सांसद मतदानमा सहभागी भएनन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बागमतीमा रहेका १०४ जना प्रदेश सांसदमध्ये ८९ जना सांसद मात्र मतदानमा सहभागी भएका छन् ।
त्यस्तै गण्डकीमा रहेका ५९मध्ये ५७ जना सांसद मतदानमा सहभागी हुँदा लुम्बिनीका ८३मध्ये ७८ जना मतदानमा सहभागी भएका छन् । त्यसैगरी कर्णालीका ४० मध्ये ३९ जना र सुदूरपश्चिमका ५१ मध्ये ४९ जना मात्र मतदानमा सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण