बेलहिया छिर्नेबित्तिकै देखिनेछन् १०० राष्ट्रिय झण्डा
सारांश
- बेलहिया नाका हुँदै आउने पर्यटकलाई अब राष्ट्रिय झण्डाले स्वागत गरिने भएको छ।
- बेलहिया गाउँ समाजले नाकादेखि डण्डा खोला पुलसम्म विद्युतीय पोलहरूमा झण्डा राखेको छ।
- यस अभियानले नेपाल प्रवेश गर्ने पर्यटकलाई राष्ट्रियताको भावना जगाउने विश्वास गरिएको छ।
बेलहिया । नेपालको प्रमुख स्थलमार्ग नाका बेलहिया हुँदै भित्रिने पर्यटकलाई अब राष्ट्रिय झण्डाले स्वागत गरिने भएको छ। बेलहिया गाउँ समाजले आइतबार नाकादेखि डण्डा खोला पुलसम्मका विद्युतीय पोलहरूमा करिब १०० वटा नेपाली झण्डा राखेर यो अभियानको सुरुवात गरेको हो। भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकले मुलुकभित्र खुट्टा टेक्नेबित्तिकै नेपाल आइपुगेको अनुभूति गराउन यस्तो कदम चालिएको हो।
'हाम्रो बेलहिया, राम्रो बेलहिया' भन्ने नाराका साथ समाजले नाका क्षेत्रको सौन्दर्यकरणमा जोड दिएको छ। कार्यक्रम संयोजक अर्जुनकुमार गिरीका अनुसार पर्यटकलाई 'नेपाल आएका छौँ' भन्ने जानकारी दिन र राष्ट्रियताको झल्को दिन झण्डा राखिएको हो। यी झण्डाहरू नेपाल भन्सार एजेन्ट संघ, रूपन्देहीले उपलब्ध गराएको हो।
बेलहिया गाउँ समाजका अध्यक्ष सुमन शर्माले 'सफासुग्घर र हराभरा बेलहिया' बनाउने अभियान अन्तर्गत झण्डा गाड्ने काम भएको बताए। सरकारको मुख मात्र नताकी नागरिक र संघ–संस्थाले पनि देशप्रति आफ्नो दायित्व पूरा गर्नुपर्ने उनको भनाइ छ। नाका क्षेत्रमा झण्डा राख्दा यसले सौन्दर्य बढाउनुका साथै पर्यटकमा सकारात्मक छाप पर्ने विश्वास गरिएको छ।
स्थलमार्ग हुँदै नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिने यो नाकामा सौन्दर्यकरणसँगै सरसफाइ र पार्किङ व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ। नाकालाई व्यवस्थित र आकर्षक बनाउँदा नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने स्थानीयको अपेक्षा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण