रुपन्देही जिल्लामा ५ पूर्वमन्त्री चुनाव मैदानमा
बुटवल । प्रतिनिधि सभाको आसन्न निर्वाचनमा रुपन्देही जिल्लाबाट ५ जना पूर्वमन्त्री उम्मेदवार बनेका छन् । ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देही जिल्लामा क्षेत्र नम्बर २, ४ र ५ मा गरी तीन निर्वाचन क्षेत्रमा ५ पूर्वमन्त्री चुनाव मैदानमा उत्रिएका हुन् ।
क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णुप्रसाद पौडेल उम्मेदवार छन् । पौडेलले २०६४ सालदेखि लगातार जित्दै आएको यो क्षेत्रमा नेपाली कांग्रेसका चुन्नु प्रसाद पौडेल, रास्वपाका सुलभ खरेल, नेकपाका विश्वदीप (शुभास) पाण्डेय पनि उम्मेदवार छन् ।
रुपन्देही क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला उम्मेदवार बनेका छन् । उनले सो क्षेत्रमा नेपाली कांग्रेसका आशुतोष मिश्र, जनमत पार्टीका भूपेन्द्र यादव, रास्वपाका कन्हैया बानियाँसँग प्रतिस्पर्धा गर्नेछन् । यो क्षेत्रमा २०७९ को निर्वाचनमा साविकको लोसपाबाट शुक्ला निर्वाचित भएका थिए ।
यस्तै रुपन्देही क्षेत्र नम्बर ५मा तीन जना पूर्वमन्त्री चुनाव मैदान छन् । यहाँ कांग्रेसबाट पूर्वराज्यमन्त्री भरत कुमार शाह, जनमत पार्टीबाट पूर्वराज्यमन्त्री ओम प्रकाश यादव र नेकपाबाट पूर्वमन्त्री मोहम्मद वकिल मुसलमान उम्मेदवार छन् । यो क्षेत्रबाट २०७९ सालको निर्वाचनमा एमालेका बासुदेव घिमिरे निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण