भारतमा पनि बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी
सारांश
- भारतका गोवा र आन्ध्र प्रदेश राज्यले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउनेबारे अध्ययन गरिरहेका छन्।
- गोवाका सूचना प्रविधि मन्त्रीले अष्ट्रेलियाको कानुन अध्ययन गरिरहेको बताएका छन् र प्रतिबन्ध लगाउनेबारे जानकारी दिएका छन्।
- आन्ध्र प्रदेशका आईटी मन्त्रीले पनि बालबालिकाको सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने योजना बनाइरहेको बताएका छन्।
काठमाडौँ । भारतका गोवा र आन्ध्र प्रदेश राज्यले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउनेबारे अध्ययन भइरहेको बताइएको छ ।
गोवाका सूचना प्रविधि मन्त्री रोहन खाँटेले राज्य सरकारले अष्ट्रेलियाको कानुन अध्ययन गरिरहेको बताएका छन् । उनले सम्भव भएमा १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइने जानकारी दिएका छन् ।
त्यस्तै, आन्ध्र प्रदेशका आईटी मन्त्री नारा लोकेशले पनि बालबालिकाको सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने योजना बनाइँदै गरेको बताएका छन् । उनका अनुसार सानो उमेरका बालबालिकाले सामाजिक सञ्जालमा देखाइने सामग्री राम्रोसँग बुझ्न नसक्ने भएकाले कडा कानुनी व्यवस्था आवश्यक छ ।
यसैबिच, अष्ट्रेलियापछि फ्रान्सले पनि सामाजिक सञ्जाल प्रतिबन्धसम्बन्धी विधेयक पारित गरिसकेको छ । इन्डोनेसिया र मलेसियाजस्ता देशहरू पनि यस्तै कानुन बनाउने तयारीमा छन् । भारतमा यसअघि मद्रास उच्च अदालतले केन्द्र सरकारलाई बालबालिकाको सामाजिक सञ्जाल प्रयोगबारे कडा कानुन बनाउने सम्भावना खोज्न सुझाव दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण