बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा नेकपा संयुक्त र प्रलोपाबिच चुनावी तालमेल

बुधबार, १४ माघ २०८२, २० : ५३
बुधबार, १४ माघ २०८२

सारांश

  • रुपन्देहीमा नेकपा (संयुक्त) र प्रलोपाबीच चुनावी समझदारी भएको छ।
  • सहमतिअनुसार, क्षेत्र १ र ४ मा नेकपा संयुक्तका उम्मेदवारलाई प्रलोपाले सघाउनेछ।
  • क्षेत्र २ र ५ मा प्रलोपाका उम्मेदवारलाई नेकपा संयुक्तले समर्थन गर्नेछ।
  • क्षेत्र ३ मा दुवै पार्टीले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नेछन्।

बुटवल । आसन्न संसदीय निर्वाचन र वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त, घनश्याम भुसाल) र प्रगतिशील लोकतान्त्रिक पार्टी (जनार्दन शर्मा) बिच महत्त्वपूर्ण चुनावी समझदारी भएको छ । रुपन्देही घनश्याम भुसालको गृह जिल्ला हो । 

दुई पार्टीका जिल्ला समितिबिच भएको द्विपक्षीय छलफल र सहमति अनुसार रुपन्देही जिल्लाका विभिन्न निर्वाचन क्षेत्रहरूमा उम्मेदवारी बाँडफाँट गरिएको छ । सहमतिअनुसार रुपन्देही निर्वाचन क्षेत्र नं १ र क्षेत्र नं ४ मा नेकपा (संयुक्त) का उम्मेदवारलाई प्रलोपाले सहयोग गर्नेछ । त्यस्तै क्षेत्र नम्बर २ र ५ मा प्रलोपाका उम्मेदवारलाई नेकपा संयुक्तले सघाउने निर्णय भएको छ ।

निर्वाचन क्षेत्र नं ३ को हकमा भने दुवै पार्टीले मैत्रीपूर्ण समझदारीका आधारमा उम्मेदवारी दिने सहमति गरेका छन् । 

विशेष गरी निर्वाचन क्षेत्र नं १ मा देखिएको नेकपा (संयुक्त) का तर्फबाट रामचन्द्र भट्टराई सहयोग गर्न पार्टीगत सहमतिअनुसार अब श्रीबहादुर कुँवर निष्क्रिय रहनेछन् । उक्त सहमतिपत्रमा नेकपा संयुक्त रुपन्देहीका अध्यक्ष हीराध्वज शाह र प्रलोपाका रुपन्देही अध्यक्ष कृष्ण कुमार बन्जाडेले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप