निष्पक्ष तथा भयरहित निर्वाचन सरकारको मुख्य दायित्व : परराष्ट्रमन्त्री
महोत्तरी। परराष्ट्रमन्त्री बालानन्द शर्माले आसन्न प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व रहेको बताएका छन् ।
बुधबार महोत्तरीका भारतीय सीमावर्ती मतदानस्थलको स्थलगत निरीक्षणपछि जलेश्वरमा जिल्लास्थित सुरक्षा अधिकारी तथा सञ्चारकर्मीसँग मन्त्री शर्माले सरकार भयरहित र निष्पक्ष निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे ।
“मुलुक अब निर्वाचनमा होमिएको छ, यो निर्वाचन मुलुकको स्थिरता र लोकतन्त्रको रक्षाका लागि सम्पन्न गरिनु पर्छ”, मन्त्री शर्माले भने, “यसका लागि सुरक्षा निकायले आपसी समन्वय र सुरक्षा प्रबन्ध सुदृढ गर्नुपर्छ ।”
यसअघि प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोलीसाथ मन्त्री शर्माले भारतीय सीमासँग जोडिएका जलेश्वर नगरपालिकाका मलिबारा र नैन्ही मतदानस्थलको स्थलगत निरीक्षण गरेका थिए ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीका चारवटै क्षेत्रमा २५८ मतदानस्थलमा ५३६ मतदानकेन्द्र निर्धारण गरिएको छ । त्यसमध्ये १६३ अति संवेदनशील र ८९ संवेदनशील मतदानस्थलका वर्गीकरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण