बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भारत–युरोप व्यापार सम्झौता: भारतले युरोपेली बजारमा फाइदा पाउने

बुधबार, १४ माघ २०८२, २२ : १८
बुधबार, १४ माघ २०८२

सारांश

  • जेम्सन ग्रीरले भारत र युरोपबीचको व्यापार सम्झौताले भारतलाई युरोपेली बजारमा पहुँच बढाउने बताए।
  • यो सम्झौताले भारतीय निर्यातलाई सहुलियत दिने र साना व्यवसायलाई फाइदा पुर्‍याउनेछ।
  • विश्लेषकहरूका अनुसार यसले निर्यात बढाउने, रोजगारी सिर्जना गर्ने र आर्थिक सम्बन्ध बलियो बनाउनेछ।

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका व्यापार प्रतिनिधि जेम्सन ग्रीरले भारत र युरोपेली सङ्घबिच सम्पन्न व्यापार सम्झौतापछि भारतले युरोपेली बजारमा महत्वपूर्ण पहुँच पाएको बताएका छन् । उनले भने,‘ यस सम्झौताले भारतका वस्तु र सेवाहरूलाई युरोपमा सजिलै प्रवेश गराउने र नयाँ व्यापार अवसर सिर्जना गर्नेछ।’

ग्रीरका अनुसार, अमेरिकाको व्यापार नीतिमा परिवर्तन र उच्च कर लागू हुनुका कारण अन्य देशहरूले वैकल्पिक बजार खोजिरहेका बेला भारत–यूरोप सम्झौता भारतका पक्षमा ठुलो अवसर बनेको छ । यसले भारतलाई युरोपेली बजारमा व्यापक पहुँच दिएको छ।

भारत र युरोपेली सङ्घबिचको यो सम्झौता लगभग दुई दशक लामो वार्तापछि जनवरी २०२६ मा सम्पन्न भएको हो । सम्झौता लागू भएपछि भारतीय निर्यात वस्तु लगायतका उत्पादनहरूमा भन्सार छुट तथा शून्य करको सुविधा मिल्ने अपेक्षा गरिएको छ। यसले साना र मझौला व्यवसायलाई पनि लाभ पुर्‍याउनेछ।

विश्लेषकहरूका अनुसार, यस कदमले भारतको निर्यात वृद्धि, रोजगारी सिर्जना र आर्थिक समृद्धिमा योगदान गर्नेछ। साथै, यसले भारत र युरोपबिचको आर्थिक सम्बन्धलाई लामो समयसम्म मजबुत बनाउने विश्वास पनि व्यक्त गरिएको छ ।

तर, केही विशेषज्ञहरूले यस सम्झौताले केही संवेदनशील क्षेत्रहरूमा आन्तरिक प्रतिस्पर्धा बढाउने जोखिम पनि ल्याउन सक्ने बताएका छन् । व्यवहारमा लागू गर्दा ती क्षेत्रहरूमा दबाब बढ्न सक्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप