एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै
सारांश
- एमालेले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गरिरहेको छ।
- पार्टीले फागुन २१ मा हुने निर्वाचनका लागि घोषणा पत्र बनाउँदैछ।
- केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन भएको छ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ ।
पार्टीले आसन्न फागुन २१ मा हुने निर्वाचनका लागि निर्वाचन घोषणा पत्र तयार गर्नका लागि पार्टी सङ्गठन, जनवर्गीय सङ्गठनलगायतसँग सुझाव मागिरहेको एमाले प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिए ।
“हाल हामी जनवर्गीय सङ्गठनलगायत धेरैजसो क्षेत्रबाट आएका सुझावलाई समेटेर घोषणा पत्र लेखनको काम गरिरहेका छौँ”, उनले भने, “केही छुटेका क्षेत्रबाट सुझाव सङ्कलन गरेर हामीले घोषणा पत्रको अन्तिम मस्यौदा बनाउने छौँ ।”
प्रचार संयोजक शाहीका अनुसार सबै क्षेत्रबाट दुई–तीनपटक सुझाव सङ्कलन गरिसकेको छ ।
एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरेको छ । कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा बादल र विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण