जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या
सारांश
- जुम्लाको हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा स्थानीय समस्यामा परेका छन्।
- स्थानीयका अनुसार नेटवर्क नहुँदा स्वास्थ्यकर्मीलाई फोन गर्न र एम्बुलेन्स बोलाउन समेत समस्या छ।
- नेपाल टेलिकमका अनुसार टावरको क्षमता कम भएकाले यस्तो समस्या आएको हो, फोरजी थप्ने योजना छ।
जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा नेटवर्कले राम्रोसँग काम नगर्दा टेलिफोन सम्पर्कविहीन अवस्थामा उत्पन्न भएको स्थानीय डिल्ली कामीले बताए ।
देशका धेरै ठाउँमा फोरजी डाटा, निःशुल्क वाइफाइ र डिजिटल सेवाको चर्चा भइरहँदा हिँयाखोलाका स्थानीय अझै पनि नेटवर्क खोज्दै डाँडा उक्लन बाध्य भएका उनको भनाइ छ ।
देशभर चुनावी माहौल तातिएको बेला विभिन्न सूचना, राजनीतिक समाचारलगायत अन्य गतिविधिको जानकारी लिनका लागि गाउँबाट एक घण्टा हिँडेर नेटवर्क आउने ठाउँमा जानुपर्ने बाध्यता रहेको स्थानीय लोकेशजङ्ग विश्वकर्माले बताए ।
“बिरामी पर्दा स्वास्थ्यकर्मीलाई फोन गर्न सकिँदैन । एम्बुलेन्स बोलाउन झन् गाह्रो भएको छ । देश चुनावमा होमिएको छ, तर हामीले सूचनाकै लागि सङ्घर्ष गर्नु परिरहेको छ”, उनले भने,“यसका साथै वैदेशिक रोजगारीमा रहेका आफन्तसँग सम्पर्क गर्न पनि कठिन छ । यस विषयमा पटक–पटक जनप्रतिनिधि र सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि समस्या समाधान हुन सकेको छैन ।”
वडा नं ४ का अध्यक्ष विशाल खड्काले टेलिकमले गाउँपालिका–४ स्थित हाँकु गाउँको लाग्नामा रहेको टावरको क्षमता घटाउँदा यो समस्या आएको बताए । नेपाल टेलिकमका जुम्ला शाखा प्रमुख पारश पुजारा भने लाग्नामा रहेको टावरको क्षमताभन्दा बढी ग्राहक रहेकाले हिँयाखोला गाउँसम्म नेटवर्कको क्षमताले धान्न नसकेको बताउँछन् ।
“नेटवर्कको ९७ प्रतिशत क्षमता प्रयोग भइसकेको हुनाले समस्या आएको छ । एक महिनाभित्र फोरजीको अर्को एउटा ब्यान्ड थप्ने योजना छ । काम सम्पन्न भएपछि समस्या समाधान हुनेछ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण