बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एआई प्रतिस्पर्धा तीव्र बन्दै जाँदा अमेजनले हटायो १६ हजार कर्मचारी

बिहीबार, १५ माघ २०८२, १२ : २५
बिहीबार, १५ माघ २०८२

सारांश

  • अमेजनले एआई क्षेत्रमा प्रतिस्पर्धाका लागि १६ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ।
  • कम्पनीले संगठनलाई चुस्त बनाउन तह घटाउने, जिम्मेवारी बढाउने र प्रशासनिक प्रक्रिया हटाउने भएको छ।
  • यो कटौती अमेजनको दोस्रो ठूलो रोजगारी कटौती हो, जसले लगभग ९ प्रतिशत कर्मचारी प्रभावित हुनेछन्।

वासिङ्टन डीसी । कृत्रिम बौद्धिकता (एआई)को क्षेत्रमा आफ्नो प्रतिस्पर्धात्मक हैसियत बलियो बनाउने प्रयासमा अमेरिकी अनलाइन खुद्रा कम्पनी अमेजनले १६ हजार कर्मचारीलाई रोजगारीबाट हटाउने घोषणा गरेको छ ।

यो पछिल्ला तीन महिनाभित्र कम्पनीले गरेको दोस्रो ठुलो स्तरको रोजगारी कटौती हो । संगठनभित्रको जटिल प्रक्रिया घटाई निर्णय क्षमतालाई छिटो बनाउने उद्देश्यले यस्तो कदम चालेको बुधबार प्रकाशित एक ब्लग पोस्टमाप अमेजनले बताएको छ ।

अमेजनकी मानव संसाधन– वरिष्ठ उपाध्यक्ष बेथ गालेट्टीका अनुसार कम्पनीले तहहरू घटाउने, जिम्मेवारी बढाउने र अनावश्यक प्रशासनिक प्रक्रिया हटाउने दिशामा काम गरिरहेको छ । ‘हामी सङ्गठनलाई चुस्त र प्रभावकारी बनाउन चाहन्छौँ,’ उनले उल्लेख गरेकी छिन् ।

यसअघि गत अक्टोबरमा अमेजनले १४ हजार कर्पोरेट कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । प्रमुख कार्यकारी अधिकृत एन्डी ज्यासीले अमेजनलाई ‘विश्वकै ठुलो स्टार्टअप’ झैँ सञ्चालन गर्ने दृष्टिकोण अघि सारेका छन् ।

अमेजन वालमार्टपछि अमेरिकाको दोस्रो ठुलो निजी रोजगारदाता हो । सन् २०२४ मा अमेरिकी समान रोजगार अवसर आयोगमा दर्ता गरिएको तथ्यांकअनुसार कम्पनीसँग ३ लाख ५० हजारभन्दा बढी कर्पोरेट कर्मचारी छन् ।

पछिल्ला दुई चरणका कटौतीले करिब ९ प्रतिशत कार्यालयस्तरीय कर्मचारी प्रभावित भएका छन् । यी कटौतीलाई नियमित प्रक्रिया नबनाइने स्पष्ट पार्दै गालेट्टीले भविष्यमा ग्राहकका लागि नवप्रवर्तन गर्न आवश्यक क्षेत्रहरूमा रणनीतिक रूपमा भर्ना गरिने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप