काठमाडौँमा दुई जना मृत फेला
सारांश
- बिहीबार काठमाडौं, म्याग्दी र सुर्खेतमा गरी चार जना मृत अवस्थामा फेला परेका छन्।
- कीर्तिपुर र धोबीचौरमा दुई पुरुषको शव फेला परेको छ, जसको पहिचान हुन बाँकी छ।
- म्याग्दीमा निर्माणाधीन हाइड्रोपावरमा एक जना र सुर्खेतमा एक जना मृत फेला परेका छन्।
काठमाडौँ । काठमाडौँ, म्याग्दी र सुर्खेतका छुट्टाछुट्टै स्थानमा बिहीबार चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
काठमाडौँको कीर्तिपुर नगरपालिका–६ चोभारस्थित बागमती खोलामा एक पुरुषको शव फेला परेको छ। अन्दाजी ३५ वर्षका देखिने ती पुरुषको नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन।
यसैगरी, काठमाडौँ महानगरपालिका–१७ धोबीचौरस्थित पब्लिक युथ क्याम्पस नजिकैको सडक पेटीमा अर्का एक पुरुष मृत फेला परेका छन्। अन्दाजी ६० वर्षका देखिने ती व्यक्तिको पनि पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। दुवै शवलाई पोस्टमार्टम र पहिचानका लागि अस्पताल पठाइएको छ।
काठमाडौँबाहिर म्याग्दीको रघुगंगा गाउँपालिका–३ चमेरेमा निर्माणाधीन राहुघाट हाइड्रोपावरको पावर हाउसभित्र एक जनाको शव भेटिएको छ। मृतक इलाम माई नगरपालिका–९ घर भएका ५५ वर्षीय भिस्म पौडेल रहेका छन्।
उता सुर्खेतको गुर्भाकोट नगरपालिका–२ गैरी बजार नजिकै सडकको नालामा सोही ठाउँका ५१ वर्षीय पिमलाल डाँगी मृत अवस्थामा फेला परेका छन्। नालामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
यी सबै घटनाका सम्बन्धमा प्रहरीले मुचुल्का तयार गरी आवश्यक अनुसन्धान सुरु गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण