पुरातात्विक सम्पदा र संस्कृतिलाई जगेर्ना गर्न प्रदेश सरकारले ध्यान दिन्छ : मुख्यमन्त्री बानियाँ
पाटन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काठमाडौँ उपत्यकाका पुरातात्विक सम्पदा र संस्कृतिलाई जगेर्ना गर्न प्रदेश सरकारले ध्यान दिने बताएका छन् ।
‘हौगः भिन्द्योपूजा परिक्रमा व्यवस्थापन समिति’ले आज पाटनको चक्रबहिलमा आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री बानियाँले पुरातात्विक सम्पदा, भाषा र संस्कृतिलाई जोगाउनु प्रदेश सरकारको धर्म भएको र धर्मअनुसार कर्म गरिरहेको बताएका हुन् ।
“मन, चित्त र बुद्धि शुद्ध राखेर गरिएका सबै कार्य सफल हुन्छन्, हामीले आफ्नो चित्त र मनलाई शुद्ध राखेर आरधाना गर्नुपर्छ, हाम्रो पुरातात्विक परम्परासँग जोडिएका सबै संस्कृति वैज्ञानिक छन्, पुरानो सभ्यता रहेको काठमाडौँ उपत्यकाको पहिचानलाई जगेर्ना गर्न बागमती प्रदेश सरकारले काम गर्छ”, उनले भने ।
मुख्यमन्त्री बानियाँले भीमसेन पूजा हाम्रो पुरानो संस्कृति हो भन्दै पूर्वीय दर्शनले मान्दै आएको सांस्कृतिक परम्पराको देवता भीमसेन महाराजको पूजा ठाउँ विशेषअनुसार हुँदै आएको छ भने ।
गणतन्त्रले सम्पूर्ण नेपालीको समावेशी, समानुपातिक प्रतिनिधित्व र सबैको अस्तित्वलाई स्वीकार गरेको, सबै भाषाभाषीलाई प्राथमिकता दिने व्यवस्था गरेको भन्दै उनले बागमती प्रदेशले नेवारी र तामाङ भाषालाई अग्राधिकार दिएको बताए ।
प्रदेश सरकारले हाम्रो प्राचीन सभ्यता, संस्कृति, संस्कार र परम्परालाई निरन्तरता दिने विभिन्न टोल, युवा समिति र मानव सभ्यतासँग जोडिएका समुदायको संस्कृति र परम्परा व्यावहारिक र वैज्ञानिक भएको उनले धारणा राखे ।
बागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले संस्कृति मानव जीवनको महत्वपूर्ण पाटो हो भन्दै हामी मूर्त तथा अमूर्त सम्पदामा अत्यन्तै समृद्ध रहेको बताए । उनले मौलिक संस्कृति जगेर्ना गर्नका लागि गरिएको यो प्रयास महत्वपूर्ण रहेकाे बताए ।
हौगः भिन्द्योपूजा परिक्रमा व्यवस्थापन समितिका अध्यक्ष राजु ताम्राकारले प्रत्येक वर्ष भिमा एकादशीको भोलिपल्ट आयोजना गरिँदै आएको भीमसेन पूजा परिक्रमामा नगरभित्रका २२ टोलका सार्वजनिक भीमसेन पूजा समितिलाई समेटिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण