काठमाडौँमा दुई जना मृत फेला
शुक्रबार, १६ माघ २०८२, ०० : ३२
सारांश
- काठमाडौंको धोबीचौरमा एक जना ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परे।
- कीर्तिपुरको चोभारस्थित बागमती खोलामा अन्दाजी ३५ वर्षीय पुरुष पनि मृत फेला परे।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१७ धोबीचौरस्थित पब्लिक युथ क्याम्पस नजिकै सडक पेटीमा बिहीबार एक जना मृतवस्थामा फेला परेका छन् । हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष मृतावस्थामा फेलापरेका प्रहरीले जनाएको छ ।
यसैगरी काठमाडौँ कीर्तिपुर नगरपालिका–६ चोभारस्थित बागमती खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष पनि आज मृतावस्थामा फेलापरेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता काफ्लेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
-
एम्बाप्पेलाई गोल्डेन बुटः विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै रचे नयाँ इतिहास
-
स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘हार स्विकार्न जान्नुपर्छ’
-
एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण