बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माओवादीले एकता नचाहेको भनेर प्रचण्डले झुट कुरा बोले : विप्लव

शुक्रबार, १६ माघ २०८२, १५ : ४६
शुक्रबार, १६ माघ २०८२

सारांश

  • विप्लवले प्रचण्डमाथि एकताको नाममा झुट बोलेको आरोप लगाए, र उनी एकतामा नआएको बताए।
  • प्रचण्डको एकता आह्वानलाई विप्लवले क्रान्तिकारी भावनाबाट विचलित भएको आरोप लगाए।
  • विप्लवले प्रचण्ड माओवादी आन्दोलनलाई विसर्जन गर्ने बाटोमा लागेको आरोप लगाए।

काठमाडौँ । नेकपा(माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले एकताको नाममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले झुट बोलेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित ध्रुवीकरण कार्यक्रममा बोल्दै आफूहरू एकतामा नआएको भनेर प्रचण्डले झुट बोलेको आरोप लगाएका हुन् । 

प्रचण्डले गरेको एकता र ध्रुवीकरणको आह्वान क्रान्तिकारी भावनाबाट विचलित रहेको आरोप पनि विप्लवले लगाए । ‘विप्लव एकतामा आएन भन्ने हल्ला झुटा हो । प्रचण्डले आह्वान गएको एकता र ध्रुवीकरण क्रान्तिकारी मर्म र भावनाबाट भागेको हो । त्यो पार्टी जस्तो छैन । मोर्चा जत्तिको पनि छैन’, उनले भने, ‘२५ सय/तीन हजार केन्द्रीय समिति कम्युनिस्टको हुर्मत लिने कुरा हो । बेइज्जत हो र बदनाम गर्ने कुरा हो । मान्छे धेरै भएर कम्युनिस्ट पार्टी ठिक हुने हो ? लोभ लालच देखाएर घुइँचो लगाएर जनता मान्ने पक्षमा छन् ?’

आफैले विकास गरेका विचार र स्थापित गरेको इतिहासमा टिक्न नसक्दा कुरूप चित्र नेकपामा कुरूप चित्र देखिएको उनले आरोप लगाए । विप्लवले आजको दिनमा प्रचण्ड माओवादी आन्दोलनलाई विसर्जन गर्ने बाटोमा लागेको आरोप लगाए ।

‘हामी साँच्चै एकता चाहन्छौँ । सुदृढ एकता चाहन्छौँ । त्यस्ता लिच्चडको कुनै विश्वास हुँदैन’, उनले भने ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप