अस्ट्रेलियाविरुद्ध पाकिस्तानको ऐतिहासिक जित, सिरिज कब्जा
सारांश
- पाकिस्तानले दोस्रो टी-२० खेलमा अस्ट्रेलियालाई ९० रनले पराजित गर्दै सिरिजमा २-० को अग्रता लिएको छ।
- कप्तान सलमान अली आगाले विस्फोटक ब्याटिङ गर्दै ७६ रन बनाए भने स्पिनरहरूको घातक बलिङले अस्ट्रेलियालाई १०८ रनमा समेट्यो।
- २०१८ पछि अस्ट्रेलियाविरुद्ध पाकिस्तानको यो पहिलो टी-२० सिरिज जित हो, जसमा आगा र सादबको प्रदर्शन महत्त्वपूर्ण रह्यो।
लाहोर । कप्तान सलमान अली आगाको उत्कृष्ट ब्याटिङ र स्पिनरहरूको घातक बलिङको मद्दतले पाकिस्तानले दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा अस्ट्रेलियालाई ९० रनको भारी अन्तरले पराजित गरेको छ।
शनिबार लाहोरमा भएको यस जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा २-० को अपराजित अग्रता लिँदै ऐतिहासिक सफलता हात पारेको छ। सन् २०१८ पछि अस्ट्रेलियाविरुद्ध पाकिस्तानको यो पहिलो टी-२० सिरिज जित हो।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९८ रन बनायो, जुन अस्ट्रेलियाविरुद्ध यो फर्म्याटमा पाकिस्तानको अहिलेसम्मकै उच्च योगफल हो। कप्तान आगाले विष्फोटक ब्याटिङ गर्दै ४० बलमा ७६ रनको योगदान दिए, जुन उनको खेल जीवनकै उच्च स्कोर हो।
उनलाई साथ दिँदै उस्मान खानले ३६ बलमा ५३ रनको अर्धशतकीय पारी खेले। आगा र उस्मानको सन्तुलित ब्याटिङ तथा अन्तिम ओभरहरूमा सादब खानको २८ रनको अविजित योगदानले पाकिस्तानलाई बलियो स्थितिमा पुर्याएको थियो। अस्ट्रेलियाका बलरहरू जाभियर बार्टलेट र म्याथ्यु कुहनेम्यान महँगो साबित भए।
१९९ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाली टोली पाकिस्तानी स्पिनरहरूको अगाडि निरिह देखियो। अस्ट्रेलिया १५.४ ओभरमा मात्र १०८ रनमा समेटियो। पाकिस्तानका पाँचै जना स्पिनरले सबै १० विकेट बाँडेर लिए।
अबरार अहमदले घातक बलिङ गर्दै मात्र १४ रन दिएरs] ३ विकेट झारे भने सादब खानले २६ रन खर्चेर ३ विकेट लिए।
अस्ट्रेलियाका लागि क्यामरुन ग्रीनले सर्वाधिक ३५ र म्याथ्यु सर्टले २७ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन्। कप्तान मिचेल मार्सले टोलीमा पुनरागमन गरे पनि उनी मात्र १८ रनमा पभेलियन फर्किए।
जितपछि प्रतिक्रिया दिँदै कप्तान आगाले यसलाई टोलीको पूर्ण प्रदर्शन भएको बताए। उनले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको र यही ऊर्जाका साथ आगामी विश्वकपमा होमिने बताए।
पराजित टोलीका कप्तान मार्सले पाकिस्तानले आफूहरूलाई दबाबमा राखेको स्वीकार गरे। सिरिजको अन्तिम खेल आइतबार लाहोरमै हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण