पहिलो पटक निर्वाचनमा होमिएको माओवादीले सार्वजनिक गर्यो चुनावी प्रतिबद्धता
सारांश
- माओवादीले काठमाडौंमा पत्रकार सम्मेलन गरी चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
- विप्लवले नयाँ प्रस्ताव, उद्देश्य र शक्तिसहित निर्वाचनमा होमिएको बताएका छन्।
- माओवादीले सुशासन, स्थिर सरकार र जनपक्षीय नीतिको अपेक्षा राखेको छ।
काठमाडौँ । नेकपा(माओवादी)ले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी माओवादीले २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
कार्यक्रममा महासचिव नेत्रविक्रम चन्द विप्लवले नव–युवा पुस्ताको विद्रोहपछि मुलुकमा नितान्त फरक र नयाँ परिस्थितिमा प्रतिनिधि सभाको निर्वाचन हुन गइरहेकाले निर्वाचनमा नयाँ प्रस्ताव, नयाँ उद्देश्य, नयाँ शक्तिहरूसहित हुने बताएका छन् ।
१२ वर्षपछि पहिलो पटक निर्वाचनमा होमिएको माओवादीले सुशासन, स्थिर सरकार र संसद्, जनपक्षीय नीति , नियम र कानुको अपेक्षासहित निर्वाचनमा भाग लिन लागेको हो ।
‘नागरिक भ्रष्टाचार, कमिसनखोरी, तस्करी, राष्ट्रघात विपक्षमा सुशासन स्थिर सरकार र संसद्, जनपक्षीय नीति, नियम र कानुनको अपेक्षासहित यो निर्वाचनमा सहभागी हुँदैछन् ।
आम नागरिकको चाहना नयाँ विचार र प्रस्ताव सहितको नयाँ नेतृत्व हो । यो निर्वाचनमा हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पनि सहभागी हुँदैछ । हामी पूर्ण विश्वास, जिम्मेवारी बोध एवं आशा र भरोसाका साथ यो संक्षिप्त प्रतिबद्धता–पत्र सार्वजनिक गर्दछौँ’, विप्लवले प्रतिबद्धता जनाउँदै भने ।
‘नेपाल राज्यलाई एकीकृत र समृद्ध बनाउन अग्राधिकारसहितको समाजवादी सङ्घीय राज्यमा पुनर्संरचना गर्नुपर्नेमा जोड दिएको छ । त्यसैगरी न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका लगायत राज्यका सबै अङ्ग र निकायमा बहिष्करणमा पारिएका वर्ग, क्षेत्र, जातजाति तथा लिङ्गको समानुपातिक सहभागिता र प्रतिस्पर्धा दुबैलाई सुनिश्चित गर्नु पर्ने स्पष्ट पारेको छ ।
यस्तो राज्य व्यवस्थाले मात्र नेपालका मजदुर, किसान, श्रमजीवी, मध्यमवर्ग, बुद्धिजीवी वर्गलाई राजनीतिक रूपले अधिकार सम्पन्न गराउने छ भने जनजाति, दलित, महिला, मधेसी लगायतका उत्पीडित जाति समुदायलाई राजनीतिक, आर्थिक, सांस्कृतिक, भाषिक, मनोवैज्ञानिक रूपले एकताबद्ध गर्ने विप्लवले विश्वास लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण