बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दाङमै क्यान्सर उपचार सेवा सुरु हुँदै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालबिच सम्झौता
आइतबार, १८ माघ २०८२, १६ : ३२
आइतबार, १८ माघ २०८२

सारांश

  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच क्यान्सर उपचार सेवा सुरु गर्न सम्झौता भएको छ।
  • सम्झौता अनुसार, दुई संस्थाबीच क्यान्सर उपचारका लागि जनशक्ति आदानप्रदान हुनेछ।
  • यस सम्झौताले पश्चिम नेपालका नागरिकलाई घरआँगनमै विशेषज्ञ सेवा प्राप्त गर्न सहज बनाउनेछ।

बुटवल । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब क्यान्सर रोगको उपचार सेवा सुरु हुने भएको छ। सेवा विस्तारका लागि प्रतिष्ठान र चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबिच आइतबार औपचारिक सम्झौता भएको हो।

सम्झौता पत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्साल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले हस्ताक्षर गरे। प्रतिष्ठानका निमित्त डिन प्रा.डा. रमेश कँडेल र क्यान्सर अस्पतालका सह-निर्देशक डा. उमेश नेपालको रोहबरमा यो सहमति भएको हो।

सहमति अनुसार दुई संस्थाबीच क्यान्सर उपचारका लागि आवश्यक जनशक्ति आदानप्रदान हुनेछ। दाङमा हालसम्म क्यान्सरको विशिष्टीकृत उपचार व्यवस्था नहुँदा यहाँका बिरामीहरू उपचारका लागि चितवन, काठमाडौँ वा भारतका विभिन्न सहर धाउनुपर्ने बाध्यता थियो।

यो सम्झौता कार्यान्वयनमा आएपछि साविक राप्ती अञ्चलसहित पश्चिम नेपालका नागरिकले आफ्नै पायक पर्ने स्थानबाट विशेषज्ञ सेवा पाउने विश्वास लिइएको छ। ‘जिल्लामै उपचार नहुँदा यहाँका नागरिक बाहिर जानुपर्ने बाध्यता छ,’ प्रा. लम्सालले भने, ‘यो सम्झौताले नागरिकलाई घरआँगनकै अस्पतालबाट सेवा लिन थप सहज बनाउनेछ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप