लुम्बिनीका दुई नेताले छाडे प्रचण्ड–माधवकाे साथ, प्रलाेपामा आबद्ध
सारांश
- लुम्बिनी प्रदेशका दुई नेताले नेकपा पार्टी परित्याग गरेका छन्।
- कमल खड्का र जया खड्काले नेकपा छाडेर जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) रोजेका छन्।
- उनीहरूले पार्टीभित्रको भ्रष्टाचार र विकृतिलाई कारण देखाउँदै वैकल्पिक राजनीतिक धार रोजेको बताएका छन्।
काठमाडाैँ । लुम्बिनी प्रदेशका दुई नेताले नेपाली कम्युनिस्ट पार्टी(नेकपा) परित्याग गरेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रदेश सल्लाहकार परिषद् सदस्य कमल खड्का र जिल्ला समन्वय समिति सदस्य एवं प्रदेश परिषद् सदस्य जया खड्काले नेकपाका संयाेजक पुषपकमल दाहाल 'प्रचण्ड' र सहसंयाेजक माधव नेपालकाे साथ छाडेका हुन् ।
नेकपा परित्याग गरेका उनीहरू जनार्दन शर्मा संरक्षक रहेकाे प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलाेपा)मा आबद्ध भएका छन् ।
'हामीले दुवै पार्टीभित्र लामो समय जिल्ला देखि केन्द्रिय भूमिकामा रहेर काम गर्याैँ । तर समयक्रममा पार्टी चाकरीतन्त्र, कमिसनखोरी र भ्रष्टाचारमा डुब्दै गएको, सीमान्तकृत र सर्वहारा वर्गबाट टाढिँदै गएको र जनताको जीवनमा कुनै वास्तविक परिवर्तन नभई मात्र राजनीतिक विकृति मौलाउँदै गएको स्पष्ट देखियो,विज्ञप्तिमा भनिएकाे छ, पार्टीभित्र सुधार सम्भव नभएपछि हामीले वैकल्पिक, जनमुखी र जवाफदेही राजनीतिक धार रोजेका हौं।'
प्रलोपा आजको नेपालको वास्तविक वैकल्पिक शक्ति भएकाे उनीहरुले बताए । प्रलाेपामा पारदर्शिता, युवा नेतृत्व, सुशासन र भ्रष्टाचारविरोधी राजनीतिक संकल्प केन्द्रमा रहेकाे जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
प्रलाेपा पुरानो राजनीतिक संस्कृतिको निरन्तरता नभई त्यसको विकल्प र चुनौती भएकाे समेत विज्ञप्तिमा उल्लेख छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सम्पूर्ण सचेत नागरिक, युवा, महिला र परिवर्तन चाहने जनसमुदायसँग भ्रष्टाचार, कुशासन र पुरानो राजनीतिक कुसंस्कारविरुद्ध चुनाव चिह्न आँखामा मत प्रयोग गर्न आग्रह गरिएकाे छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण