फिल्ममा हस्तमैथुनको दृश्य दिने अर्की नायिकाले यसबारे यसो भनिन्
फिल्म वीरे दी वेडिङको हस्तमैथुनको दृश्यमा नायिका स्वरा भास्करले निकै आलोचनाको सामना गर्नुपरेको थियो । यस्तै एक फिल्ममा नायिका कियारा आडवाणीको हस्तमैथुनको दृश्यमाथि थुप्रैले आपत्ति जनाए । उनी नायिकाले भने आफूले दिएको यस्तो दृश्यलाई बचाउ गरेकी छिन् ।
फिल्म लस्ट स्टोरिजमा हस्तमैथुनको दृश्यमाथि थुप्रैले नकारात्मक टिप्पणी गरेका हुन् । उक्त दृश्यको सुटिङका बेला उनी कति सहज थिइन् भन्ने प्रश्न सोध्दा उनले यस्तो उत्तर दिएकी छिन् ।
उनी भन्छिन्, ‘मैले यस्तो दृश्य दिएँ किनभने मलाई यस्तो गर्न कुनै संकोच छैन । मैले कहिले पनि यसको नतिजा के होला भनेर सोचिनँ । अब यसलाई स्विकार गरिँदै छ, यो नै खुसीको कुरा हो ।’
यसबारे छलफल सुरु भएकोमा आफू खुसी भएको उनले बताएकी छिन् । उनी भन्छिन्, ‘अरु धेरै नायिकाले पनि यस्तो गरिसकेका छन् । मलाई यसमा खुसी छ कि यो मुद्दामाथि बहस सुरु भएको छ ।’
नकारात्मक टिप्पणीमा दिइन् यस्तो जवाफः
यसबारे पाइने नकारात्मक टिप्पणीबारे उनको भनाई छ, ‘जे सुकै भएपनि फिल्म समाजको ऐना हो । मानिसहरु यसबारे खुल्न र स्विकार गर्न समय लाग्नेछ ।’
फिल्म मनोरञ्जनका लागिः
कियारा भन्छिन्, ‘मानिसहरु अचानक सोच्ने तरिका परिवर्तन गर्न सक्दैनन् । फिल्म मनोरञ्जनका लागि हुन्छ र महिलासँग जोडिएको यो मुद्दा लुकेको थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण