लगातार बोलिरहँदा खोकी लागे के गर्ने ?
सारांश
- लगातार बोल्दा घाँटी सुक्खा हुने, चिलाउने र जलन हुने भएकाले खोकी लाग्न सक्छ।
- धेरैबेर वा ठूलो स्वरमा बोल्दा भोकल कर्डमा दबाब पर्दा सुन्निने वा जलन भएर खोकी लाग्न सक्छ।
- हाइड्रेटेड रहने, घाँटीलाई आराम दिने र उचित आवाज प्रयोग गरेर खोकीबाट बच्न सकिन्छ।
काठमाडौँ । लगातार बोलिरहँदा हाम्रो घाँटी खसखसाउन थाल्छ र खोकी लाग्न सक्छ । लगातार बोल्दा किन खोकी लाग्छ ? तपाईँलाई थाहा छ ? लगातार बोलिरहँदा घाँटी सुक्खा हुन्छ, चिलाउँछ अनि जलन हुन्छ, जसले गर्दा खोकी लाग्न सक्छ ।
धेरै लामो समयसम्म वा धेरै ठुलो स्वरमा बोल्दा भोकल कर्डमा दबाब पर्छ, जसले गर्दा हलुका सुन्निने वा जलन हुन सक्छ । शरीरले यो जलन कम गर्न खोकेर प्रतिक्रिया दिन्छ ।
लगातार बोल्दा श्वासनलीमा रहेको खकार हल्लिन्छ । यो खकारले घाँटीको संवेदनशील हिस्सालाई छोयो भने पनि खोकी लाग्न सक्छ । कसैलाई ग्यास्ट्रोएसोफेजियल रिफ्लक्स रोग (जीईआरडी) वा एसीडीटी छ भने बोल्दा पेटको एसिड घाँटीसम्म आउन सक्छ, जसले गर्दा पोल्ने र खोकी लाग्ने हुन सक्छ ।
- खोकीबाट बच्ने उपायहरू:
हाइड्रेटेड रहने:
लामो समयसम्म बोल्नुपर्छ भने आफ्नो घाँटीलाई ओसिलो राख्न तपाईँलाई बारम्बार पानी पिउनुपर्छ ।
घाँटीलाई आराम दिने:
लगातार बोल्नबाट बच्नुहोस् । केही सेकेन्डको लागि मौन रहनुहोस् । सम्भव भएसम्म आफ्नो घाँटीलाई आराम दिनुहोस् र केही समय मौन रहनुहोस् । यदि तपाईँलाई लामो समयसम्म बोलिरहनुपर्छ भने बेला बेलामा छोटो ब्रेक लिनुहोस् ।
उचित आवाज प्रयोग:
तपाईँलाई निरन्तर बोल्नुपर्छ भने आफ्नो आवाजलाई धेरै तनाव नदिनुहोस् । ठिक्कको पिच र भोल्युममा बोल्नुहोस् ।
(अस्वीकरणः सल्लाहसहितको यो सामग्री सामान्य जानकारीका लागि अनलाइन स्रोतबाट तयार पारिएको हो । यो कुनै पनि हिसाबले योग्य चिकित्सा रायको विकल्प होइन । थप जानकारीको लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण