बस दुर्घटनामा १३ जनाको मृत्यु भएपछि पुर्चौडी नगरपालिकामा शोक बिदा
शुक्रबार, २३ माघ २०८२, ०९ : ४२
बैतडी । बैतडीमा १३ जनाको ज्यान जाने गरी भएको दुर्घटनापछि शुक्रवार बैतडीको पुर्चौडी नगरपालिकाले शोक बिदा दिएको छ । बस दुर्घटनाबारे दुःख व्यक्त गर्दै नगरपालिकाले एक सूचना जारी गरेर शोक बिदा दिएको हो ।
जारी सूचनामा नगरपालिका भित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरूमा एक दिन बन्द गर्ने उल्लेख छ ।
बिहीबार राति ८ बजे पुर्चौडी नगरपालिका–७ को भौनीबाट दुलही लगेर फर्किएको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो । पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना हुँदा ठुलो क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण