भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु
सारांश
- भेरी अस्पताल नेपालगन्जमा क्यान्सरलगायत रोग पहिचानका लागि हिस्टोप्याथोलोजी सेवा सुरु भएको छ।
- सेवा सुरु भएपछि यस क्षेत्रका बिरामीलाई क्यान्सरलगायत रोगको पहिचान गरी समयमै उपचार गर्न सहज हुने भएको छ।
- हिस्टोप्याथोलोजी सेवाले क्यान्सर, क्षयरोग, मिर्गौला, पेटलगायतका रोग पत्ता लगाउन मद्दत गर्छ।
नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा निराजन सुवेदीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,टेकु काठमाण्डौँबाट ल्याइएका उपकरण र आवश्यक जनशक्ति व्यवस्थापनपछि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले भने– “हामीले लामो समयदेखि गरिरहेको प्रयास सफल भएको छ, यसले यस क्षेत्रका बिरामीलाई ठूलो राहत मिल्नेछ ।”
डा.सुवेदीका अनुसार यहाँ चारवटा उपकरणसँगै दुई जना प्याथोलोजी चिकित्सकले सेवा दिइरहेका छन । केही दिनअघि मात्रै सुरु भएको सेवाबाट तीन व्यक्ति लाभान्वित भएको र सेवाका कारण क्यान्सर वा अन्य रोगको समयमै पहिचान गर्न सक्ने अवस्था बनेको छ ।
“सेवा सुरु भएपछि समयमै रोग पहिचान गरी तत्काल उपचार गर्ने अवस्था बनिरहेको छ । अब यस क्षेत्रमा क्यान्सरलगायत विभिन्न रोगको पहिचानका लागि नमुना बाहिर पठाउनुपर्ने र रिपोर्टका लागि लामो समय पर्खिनुपर्ने समस्या हट्ने छ”, मेडिकल सुपरिन्टेन्डेन्ट डा सुवेदीले भने ।
अस्पतालका प्याथोलोजी विभाग प्रमुख डा शर्मिला गुप्ताले हिस्टोप्याथोलोजी सेवा सुरु भएपछि क्यान्सर, क्षयरोग, अटो–इम्युन, मिर्गौला, पेट, कलेजोलगायत दीर्घरोग पहिचान गर्न सहयोग पुग्ने बताए । उनका अनुसार हिस्टोप्याथोलोजीले शरीरबाट निकालिएका अङ्ग एपेन्डिक्स, पित्तथैली, प्रोस्टेट आदि रोगग्रस्त छन् कि छैनन् भन्ने पत्ता लगाउँछ ।
विभाग प्रमुख डा गुप्ताले यसबाट क्यान्सर जस्ता गम्भीर रोग पत्ता लगाउन, रोगको प्रकार र अवस्था बुझ्न, रोग कति फैलिएको छ भन्ने थाहा पाउन र उचित उपचार गर्न सहज हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण