‘निर्वाचन सफल बनाउन जिल्लावासीसँग अनुरोध’
रसुवा । जिल्लास्थित जनपथ प्रहरी कार्यालयले निर्वाचन सुरक्षा सहयोगीका रूपमा सर्वसाधरणका लागि दरखास्त आह्वान गरेकामा १२ जना निर्वाचन सुरक्षा सहयोगी कम भएको जनाएको छ ।
रोजगारीका क्रममा रसुवा जिल्लाका युवायुवती अन्यत्र गएका कारण दरखास्त आह्वान गरिएअनुसार जनशक्ति कमी भएकाले छिमेकी जिल्ला नुवाकोटबाट व्यवस्था गर्न लागेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजु शाहले जानकारी दिए ।
उनले मागअनुसार नपुगेको १२ जना निर्वाचन सुरक्षा सहायक भर्खरै जिल्ला आइपुगेको बताउँदै जिल्लास्थित मतदान केन्द्रहरूको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जनशक्ति खटनपटन प्रक्रिया अघि बढेको स्पष्ट गरे ।
प्रतिनिधिसभाअन्तर्गत एक निर्वाचन क्षेत्रमात्र भएको दुर्गम पहाडी जिल्ला रसुवामा जनपथ प्रहरीबाट ३६९ जना र सशस्त्र प्रहरी बल नेपालबाट ४६ जना अस्थायी प्रकृतिको निर्वाचन सुरक्षा सहायक नियुक्त गरी परिचालन गर्न लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
रसुवा प्रशासनका अनुसार आसन्न निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनाको संयुक्त टोली आवश्यकताअनुसार परिचालित भएको छ । हाल निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारहरू आफ्ना पक्षमा मत माग्दै गाउँ–बस्तीमा सक्रिय रूपमा डुलिरहेका बेला सुरक्षालाई थप मजबुत बनाइएको हो ।
मुख्य निर्वाचन कार्यालय रसुवाका अनुसार प्रत्येक उम्मेदवारले निर्वाचन प्रयोजनका लागि अधिकतम रु २७ लाखसम्म खर्च गर्न पाउने र दुईवटा सवारीसाधनमात्र प्रयोग गर्न पाउने प्रावधान रहेको छ । निर्वाचनको नीति, नियम र आचारसंहिताको पूर्ण पालना गर्दै प्रचारप्रसार गर्न सबै उम्मेदवारलाई आग्रह गरिएको छ । सुरक्षाको आवश्यकता परेमा लिखित रूपमा अनुरोध गर्नसमेत सबै उम्मेदवारलाई आग्रह गरिएको निर्वाचन आयोगले जनाएको छ ।
त्यसैगरी, प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गराउन कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख बिन्ध्या कार्की र सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीलाई तोकेको जानकारी दिँदै आवश्यक देखिए सम्बद्ध अधिकारीसमक्ष उजुरी गर्न सम्बद्ध सबैसँग अनुरोध गरेका छन् ।
प्रजिअ पन्थीले निष्पक्ष, धाँधलीरहित र उल्लासमय वातावरणमा आसन्न निर्वाचन सम्पन्न गर्न अहोरात्र खटेको सुरक्षा संयन्त्रसहित बुथमा खटिने राष्ट्रसेवक कर्मचारीलाई सहयोग गर्न जिल्लावासीसँग अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण