पाकिस्तानमा मस्जिदमा शक्तिशाली विस्फोट, ३० भन्दा बढीको मृत्यु
सारांश
- शुक्रबारको नमाजका क्रममा पाकिस्तानको इस्लामवादस्थित शिया मस्जिदमा भएको विस्फोटमा ३० जनाको मृत्यु भएको छ।
- यस घटनामा १६० भन्दा बढी घाइते भएका छन् र स्थानीय अस्पतालहरूमा आपतकाल घोषणा गरिएको छ।
- प्रारम्भिक रिपोर्टहरूका अनुसार, यो विस्फोट आत्मघाती आक्रमण हुन सक्ने आशङ्का गरिएको छ र अनुसन्धान जारी छ।
इस्लामवाद । पाकिस्तानको राजधानी इस्लामवादस्थित शिया मस्जिदमा शुक्रबारको नमाजका क्रममा भएको विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । यस घटनामा १६० भन्दा बढी घाइते भएको बताइएको छ ।
विस्फोट टार्लाई क्षेत्रमा रहेको इमामबारगाह खदिजातुल कुब्रा मस्जिदमा भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । घटना लगत्तै इस्लामवादका तीन प्रमुख अस्पतालमा आपतकाल घोषणा गरिएको छ । यहाँ घाइतेहरूको उपचार जारी छ ।
घटनास्थलको प्रमाणित भिडियोमा मस्जिद परिसरभर जुत्ता छरिएको, मानिसहरू भुइँमा लडिरहेका तथा कतिपयले उद्धारका लागि गुहार गरिरहेको देखिन्छ । विस्फोटको कारण अझै आधिकारिक रूपमा पुष्टि भएको छैन । तर प्रारम्भिक रिपोर्टहरूका अनुसार यो आत्मघाती आक्रमण हुन सक्ने आशङ्का गरिएको छ ।
सुरक्षा निकायले घटनाको विस्तृत अनुसन्धान सुरु गरिसकेको जनाएको छ । घटनापछि मस्जिद वरपरको क्षेत्रमा सुरक्षा कडा पारिएको छ भने उद्धार कार्य जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण