मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

टी–२० विश्वकप : नेपाललाई भारतको शुभकामना

आइतबार, २५ माघ २०८२, १५ : ०८
आइतबार, २५ माघ २०८२

सारांश

  • मुम्बईको वानखेडे स्टेडियममा टी-२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीलाई भारतीय दूतावासले शुभकामना दिएको छ।
  • भारतीय दूतावासले सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई हौसला प्रदान गर्दै सफलताको कामना गरेको छ।
  • नेपाली टोलीले वानखेडेमा उत्कृष्ट प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ पहिचान बनाउने अपेक्षा गरिएको छ।

काठमाडौँ । मुम्बईको प्रसिद्ध वानखेडे स्टेडियममा आजदेखि सुरु हुन लागेको टी–२० विश्वकप अभियानका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपालस्थित भारतीय राजदूतावासले सफलताको शुभकामना दिएको छ। 

विश्व क्रिकेटको पावरहाउस मानिने भारतको प्रतिष्ठित मैदानमा नेपालले आफ्नो यात्रा प्रारम्भ गर्न लागेको अवसरमा दूतावासले सामाजिक सञ्जालमार्फत नेपाली ‘राइनोज’ लाई विशेष हौसला प्रदान गरेको हो।

भारतीय राजदूतावासले कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीको पूर्ण सफलताको कामना गर्दै नेपाली क्रिकेटप्रतिको ऐक्यबद्धता प्रकट गरेको छ। नेपाली टोलीले वानखेडेको ऐतिहासिक पिचमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने र विश्वको ध्यान खिच्ने अपेक्षा गरिएको छ।

आजको खेलले नेपालको अन्तर्राष्ट्रिय क्रिकेट छविमा नयाँ इँटा थप्ने विश्वास गरिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप