बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फिल्म ‘आबाट आमा’ ले कमायो ४ करोड ८० लाख

सोमबार, २६ माघ २०८२, १३ : ०३
सोमबार, २६ माघ २०८२

सारांश

  • पल शाह र उषा उप्रेतीको फिल्म 'आबाट आमा' ले ४ करोड ८० लाख कमाएको छ।
  • चलचित्र विकास बोर्डको रिपोर्ट अनुसार, फिल्मले १ लाख ७६ हजार ५५२ टिकट बिक्री गरेको छ।
  • चन्द्र पन्त निर्देशित फिल्ममा आमा र परिवारको कथा समेटिएको छ।

काठमाडौँ । पल शाह र उषा उप्रेतीको मुख्य भूमिका रहेको फिल्म ‘आबाट आमा’ ले अहिलेसम्म ४ करोड ८० लाख कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले २४ गते शनिबारसम्म सार्वजनिक गरेकाे बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी ४ करोड ८० लाख ९० हजार ४८७ ग्रस कलेक्सन गर्न सफल भएको छ ।

यो अवधिमा फिल्मको टिकट १ लाख ७६  हजार ५५२ वटा बिक्री भएको छ । चन्द्र पन्तद्वारा निर्देशित सामाजिक कथामा निर्माण भएको फिल्मले आमा र परिवारको कथा उठाएको छ ।

फिल्ममा त्रिकोणात्मक प्रेमकथा पनि छ । १६ माघ अर्थात गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्ममा पल र उषासहित प्रदीप रावत, विपना थापाको मुख्य भूमिका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप